
हुलाकी न्यूज, काठमाडौं १९ मंसिर । न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्दा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार हुनुपर्ने माग गर्दै अधिवक्ता तथा तराई जस्टिस् सेन्टरका दीपेन्द्र झाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
अधिवक्ता झाले विगतको न्यायपरिषद्को प्रवृक्तिलाई हेर्दा संविधान बमोजिम समानुपातिक समावेशी सिद्धान्तबमोजिम नियुक्ति नगरिएको ध्यानाकर्षणपत्रमा उल्लेख गरेका छन् ।
उनले फलस्वरुप २३७ जिल्ला न्यायाधीशमा महिला, दलित, मधेशी, मुस्लिम, थारुको सहभागिता लगभग शून्य रहेको कुरा कानूनमन्त्री नायकलाई स्मरण गराएका छन् ।
कानूनमा समानुपातिक समावेशिताको सिद्धान्तको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्ने स्पष्ट प्रावधान रहेकोले पूर्व ध्यानाकर्षण गराउन निवेदन पेश गरेको जनाएका छन् ।




