
हुलाकी न्यूज, जनकपुरधाम १९ मंसिर । ऐतिहासिक धार्मिकस्थल जनकपुरधाममा विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका नेपाल तथा भारतका श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
नेपाल सद्भावना पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी मन्च धनुषाले विश्वकर्मा चौकमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको नेसपाका केन्द्रीय महासचिव राजीव झाले जनाएका छन् ।
विवाह पञ्चमी महोत्सवमा आउने सम्पूर्ण श्रद्धालुहरुको सुविधालाई ध्यानमा राख्दै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ ।
मन्चका संघीय उपाध्यक्ष अरुण मधेशीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष राम प्रवेश मण्डलके अध्यक्षतामा निःशुल्क स्वास्थ्य शिविर आयोजना भइरहेको छ ।



