oli-putala-dahan
हुलाकी न्यूज, कपिलवस्तु १९ मंसिर ।
संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र मधेशी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।

मधेशी जनताको भावनाअनुसार संशोधनलाई एमालेले विफल तुल्यान प्रयास गरेको भन्दै तत्कालै सो कार्य बन्द हुनुपर्ने उनीहरुले माग गरेका छन् ।

तौलिहवास्थित प्रशासन चोक अगाडि पुतला दहनका क्रममा उनीहरुले केपी ओली र एमाले बिरुद्ध चर्का नराबाजी समेत गरेका थिए ।

संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ताले सरकारले अहिले ल्याएको प्रस्तावमा प्रदेश नम्बर ५ बाट केही पहाडी जिल्लाहरुलाई निकालेर नयाँ प्रस्ताव गरेर सरकारले मधेशीको भावनालाई कदर गरेको बताए ।

तर, सो प्रस्तावमाथि एमालेले बखेडा गरेकोले सो कार्य बन्द गर्न उनले आग्रह गरे । यसैबीच ११ दलले संयुक्त प्रेस बिज्ञप्ति निकालेर सरकारले दर्ता गराएको संशोधन प्रस्तावमा एमालेले गरेको ब्यवाहर र टिप्पणीले सामाजिक सदभाव खलबलिने सम्भावना रहेको भन्दै त्यसको भर्त्सना गरेका छन् ।

संशोधन प्रक्रियामा एमाले र तिनका नेता बाधक रहेको ठहर गर्दै उनीहरुले त्यस्ता क्रियाकलाप नरोकिए एमाले बिरुद्ध कडा प्रतिवाद गर्ने विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.