Prachanda
हुलाकी न्यूज, काठमाडौं १८ मंसिर ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग निरन्तर सम्वाद भइरहेको बताएका छन् ।

ने.क.पा. (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्ब्यूरो बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराएका छन् ।

जारी पोलिट्ब्यूरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेताहरुलाई जानकारी गराए ।
बैठकमा प्रचण्डले संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको जानकारी दिएका छन् ।

उनले प्रमूख प्रतिपक्षी र मधेशी मोर्चासँग सरकार निरन्तर सम्वादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक विषयमा छलफल चलिरहेको बैठकमा आइतबारदेखि नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूचि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.