
हुलाकी न्यूज, सुनसरी १८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन मधेशी दलका लागि नभई मधेशी जनताका लागि भइरहेको बताएका छन् ।
प्रेस युनियन सुनसरीले लौकहीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले संशोधन जनताका लागि भइरहेकोले मधेशी दलहरुले समर्थन गर्नुपर्ने धारणा राखेका छन् ।
उनले अहिलेको संविधान संशोधनले समस्याको समाधान गर्ने भएकाले पारित हुने र त्यसपछि मुलुक राजनीतिक निकास तर्फ उन्मुख हुने बताए ।
उनले काँग्रेस १ नं प्रदेशबाट सुनसरी, मोरङ र झापा टुक्राउन कुनैपनि हालतमा सहमत नहुने बताए ।



