dr-gobinda-kc
हुलाकी न्यूज, वीरगंज १६ मंसिर ।
आमरण अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बिहिबार दिउँसो विरगंजको घन्टाघरदेखि नारायणी अस्पतालसम्म ‍र्याली निकालिएको छ ।

विरगंजका युवाहरुको आयोजनामा घन्टाघरबाट सुरु भएको ‍र्यालीले, माइस्थान चोक, आदर्शनगर चोक र नारायणी अस्पतालमा आधि(आधि घण्टाको लागि रुक्दै प्रतीकात्मक रुपमा बिरोध जनाएको थियो । उक्त ‍र्यालीमा सयौं मानिसले सहभागिता जनाएका थिए ।

सामाजिक युवा अभियान्ता सुबिर घोषको नेतृत्वमा आयोजना गरिएको र्‍यालीमा समाजसेवी, बुद्धिजीवी, विद्यार्थी, तथा अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो कार्यक्रमका संयोजक प्रकाश थारुले जानकारी दिए ।

नारायणी अस्पतालमा पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै उपस्थिति व्यक्तित्वहरुले गोविन्द केसीका माग जायज रहेको बताउँदै उनको जीवन रक्षा गर्न सबै लाग्नु पर्ने बताए ।

चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै केसी १० औं पटक अनसन बसेको बिहीबार १९ औं दिन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.