
हुलाकी न्यूज, काठमाडौं १३ मंसिर । संविधान संशोधन प्रस्ताव दर्ताका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको १५ दिने ‘अल्टिमेटम’ आज(सोमबार) सकिँदै छ । र, संविधान संशोधन प्रस्ताव सोमबार पनि दर्ता हुन सक्ने सम्भावना छैन । यस अवधिमा दलबीच कुनै ठोस सहमति पनि हुन सकेको छैन । मोर्चाका नेताहरुले अव आन्दोलनको विकल्प नरहेको निष्कर्ष निकाल्दै मंगलबार पछि छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछन् ।
कानुनमन्त्री अजयशंकर नायकले मोर्चाले दिएको ‘अल्टिमेटम’मा संशोधन प्रस्ताव दर्ताको प्रयास भए पनि अझै छलफल आवश्यक रहेकाले सोमबार दर्ता गर्ने सम्भावना नरहेको हुलाकी न्यूजलाई बताए ।
मधेशी मोर्चाका नेता एवं तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबारसम्म सरकारले संविधान संशोधन प्रस्ताव दर्ता नगराए आन्दोलनको सामनाका लागि तयार रहन सुझाव दिए ।
ठाकुरले हुलाकी न्यूजसँग भने, ‘सोमबारसम्म सरकारले संशोधन प्रस्ताव दर्ता नगराए आन्दोलनको सामना गर्न तयार रहनुपर्छ । मधेशमा आन्दोलन जारी छ । यसले कुनै पनि वेला विशाल रूप लिन सक्छ ।’
संशोधनका विषयमा सत्तासाझेदार दलले मोर्चासँग पछिल्लो पटक कुनै छलफल नगरेको बताउँदै ठाकुरले सरकारले हल्ला मात्र बढी गरेको आरोप लगाए । उनले भने, ‘हामीले हाम्रो अडान स्पष्ट पारेका छौं । संशोधन प्रस्ताव दर्ता भएपछि सहमत हुने वा नहुने निर्णय गर्नेछौं ।’ उनका अनुसार मोर्चाको मागबमोजिम संविधान संशोधन भए सहमति हुनेछ अन्यथा संशोधन आवश्यक छैन ।’
संशोधनको मुख्य जिम्मेवारी तीन बुँदे सहमतिमा हस्ताक्षर गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको रहेको बताउँदै ठाकुरले भने, ‘सहमति जुटाउने जिम्मेवारी तीन बुँदे सम्झौता गर्नेहरूको हो । सरकारले त्यसका लागि के गर्छ, त्यो सरकारको जिम्मेवारी हो ।’
मोर्चाका अर्का नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलनका लागि तयार रहन आग्रह गरेका छन् । सरकारले मोर्चालाई झुक्याइरहेको आरोप लगाउँदै उनले भने, ‘सत्तारूढले मोर्चालाई अलमलमा पारेको छ । कहिले एमालेलाई देखाउँछ त कहिले आफ्नो पार्टी्भित्र सहमतिका नाममा संशोधनलाई धकेलेको छ । अब यो मान्य हुने छैन ।’
‘मधेशी मोर्चाको मागबमोजिम संविधान संशोधन प्रस्ताव दर्ता भए मोर्चाको सहमति रहनेछ,’ महतोले हुलाकी न्यूजसँग भने, ‘तर उलटपुलट गरेर दर्ता भएको प्रस्ताव मान्य हुने छैन, त्यसोभए आन्दोलनको आँधी–बेहरी आउनेछ ।’
मोर्चाका अन्य नेताहरुले हुलाकी न्यूजसँगको कुराकानीमा आन्दोलनको विकल्प नरहेको बताएका छन् । उनीहरुका अनुसार मंगलबार पछि मोर्चाको बैठक गरेर आन्दोलनको स्वरुप तयार पारिनेछ ।




मधेसी मोर्चा का सम्पूर्ण नेताकार्यकर्ता हरु सङ आग्रह गर्द्छु !! आन्दोलन मा जानू आघी तपाई हरु अब हुने आन्दोलन के का लागि ? र कुन मुद्दा को प्रस्ताव गर्दै हुनुहुन्छ मागलाई पहिला तराई का जन्ता सामु लयाउनु जन मत को अधार बतुलने कोशिश गर्नुश अनि मात्रै निर्णय लिनुस हतार हतार गरेर आन्दोलन मा जानू भयो भने त्यस्को कुनै ओचितय मान्री हुने छैन
swatantra madhesh ko aandolan kamjor parna madhesi party le paisa liyer aandolan gardai chh