Jayakrishna-Goit
हुलाकी न्यूज, काठमाडौं १२ मंसिर ।
तराई–मधेश सशस्त्र भूमिगत संघर्ष गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले तराईमा नेपाली औपनिवेशिक शासन टिकाउने मूर्खतापूणै हठ रहेको बताएका छन् ।

गोइतले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाली शासकको आदेशमा प्रशासकहरुले तराईका मूल निवासीहरुको हत्याको श्रृंखला गरिरहेको आरोप लगाएका छन् ।

‘मानवअधिकारसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय घोषणा एवं प्रतिवद्धताहरु सम्मको उलंघ्न गरेर पेट, पिठ, छाती र टाउकोमा गोली ठोकेर निर्दोष, निहत्ता, निरीह वाल, वृद्ध र महिलासहितको नृशंस हत्या गरिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

गोइतले विज्ञप्तिमा, ‘ तराईको मुक्ति स्वतन्त्रता विरुद्ध नेपाली शासनका जिल्ला प्रशासकहरुको आदेशमा प्रहरी र सशस्त्र प्रहरीहरुले भविष्यका होनहारलगभग ३०० मुक्तिकामी तराईका सपूतको कायरतापूर्ण गैरन्यायिक हत्या गरिएको छ भने करीब १,५०० लाई गैरकानुनी बन्दी बनाएको छ’ उल्लेख गरेका छन् ।

साथै उनले ‘सेना, सशस्त्र प्रहरी र प्रहरीको बलमा मैमत्त हुँदै आएको सप्तरीका प्रमुख जिल्ला प्रशासकको कार्यालयको कोठा नं.५मा आज २०७३ मंसीर १२ गते ११ बजेर ४३ मिनटमा बिष्फोटक राख्न सफल भएका छौं’ विज्ञप्तिमा जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.