thrd-alliance
हुलाकी न्यूज, राजविराज १२ मंसिर ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालको सुधारोउन्नतीको माग गर्दै आमरण अनसनमा बसेका मधेशी मोर्चा सप्तरीका नेताहरु विकास तिवारी, जयसुन्दर खिडहरी, सावित्री पंडित, सुबी यादब, प्रभाकर सिंहको विग्रिदै गएको स्वास्थ्य अवस्था प्रति तराई मानव अधिकार रक्षक संजालको (थर्ड एलायन्स) ध्यानाकर्षण भएको छ ।

अनसनकारीहरु मिति मंसिर ८ गतेदेखि राजविराजस्थित अञ्चल अस्पतालको प्रांगणमा अनसनमा बसेका छन् । उनीहरुले नेपालको संविधानद्धारा प्रदत्त प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चिताको माग गर्दै आएका छन् ।

थर्ड एलायन्सका क्षेत्रीय संयोजक रणधीर चौधरीले एक विज्ञप्ति जारी गरी ‘दिनप्रतिदिन अनसनकारीको स्वास्थ्य अवस्था दयनिय बन्दै गएकोले जिवनको अधिकार नै संकटमा परेको देखिन्छ । समयमै उनीहरुको स्वास्थ्यप्रति ध्यान दिनु पर्ने नितान्त आवश्यक देखिन्छ । तर सम्बन्धित पक्षहरुले ध्यान दिएको देखिदैन’ उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सप्तरी र स्वास्थ्य मन्त्रालयले यथासंभव अनशनकारीहरुको मागहरुलाई गंभिरताको साथ लिइ यथासिघ्र सहमति सम्झौता गरी जिवनको अधिकारलाई संरक्षण गर्न थर्ड एलायन्सले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.