अमरेन्द्र कुमार यादव, धनुषा, ३ असोज । आन्दोलनरत संयुक्त मधेशी मोर्चाले संविधानको विरोधमा असोज तीन गते जनकपुर, महेन्द्रनगर, ढल्केवर र जिल्लाका गाउँ गाउँमा पनि कालो झण्डासहित बिरोध प्रर्दशन गरेको छ ।

सर्वसाधारणले टाउकोमा कालो पट्टी बाँधेर गाउँ तथा प्रत्येक चौक र बजारमा कालो झण्डा गाडेर बिरोध जनाएका छन ।

मोर्चाले बेलुका ७ बजेदेखि ८ बजेसम्म एक घण्टा ब्ल्याक आउट गर्ने कार्यक्रम तय गरेको छ ।

त्यसैगरी सामाजिक सञ्जालबाट पनि संबिधानको विरोध गरिएको छ । फेसबुक र ट्वीटरका स्टाटस लगायत आफ्नो प्रोफाईलमा पनि कालो झण्डा राखेर बिरोध प्रदर्शन भइरहेको छ । आज बिहानैदेखि सामाजिक सञ्जाल कालो रंगले पोतिएको छ । नयाँ संविधानको विरोधमा विभिन्न स्लोगनहरु लेखिएको छ ।

dhanusha-pradarshan

dhanusha-pradarshan5

dhanusha-pradarshan2

dhanusha-pradarshan3

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.