
कपिलवस्तु सम्बादाता, कपिलवस्तु १२ मंसिर । प्रेस मंच नेपाल कपिलवस्तु जिल्ला कार्य समिति एक कार्यक्रमको बिच गठन गरिएको छ ।
प्रेस मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेलको सभापतित्वमा कपिलवस्तु नगरपालिकाको सभाहलमा बसेको बैठकले मुकेश गुप्ताको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा सतेन्द्र कुमार मिश्र, सचिव अनेक पाण्डे, सहसचिव बासदेव वर्मा, कोषाध्यक्ष रावेन्द्र चौवे, सदस्यहरु दिनेश मौर्य ,आलोक कुमार ओझा, निरहु यादव,सुधान्शु गिरी, रामप्रकास चौधरी,हरिवंश चौधरी, राजकुमार चौधरी, राजकुमार ठाकुर,र केन्द्रिय प्रतिनिधिमा अंकुश कुमार श्रीवास्तव रहेका छन् ।
सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका बरिष्ठ उपाध्यक्ष नर्सिंह चौधरी, उपाध्यक्ष ओमप्रकास गुलजारी, केन्द्रिय सचिव मिर्जा अरसद वेग, केन्द्रिय सल्लाहकार अमृता अग्रहरी, केन्द्रिस सदस्य मनमोहन सिंह,कपिलबस्तु जिल्ला संयोजक रविन मिश्र लगायतको उपस्थिती प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए ।



