rajendra_mahato-rupandehi
हुलाकी न्यूज, भैरहवा ११ मंसिर ।
सरकारले संविधान संशोधन प्रस्ताव दर्तामा ढिलाई गरिरहेको भन्दै आन्दोलनका लागि तयार रहन मधेशी मोर्चाका नेता एवं सद्भावना अध्यक्ष राजेन्द्र महतोले आह्वान गरेका छन् ।

रुपन्देहीको भैरहवामा आयोजित पार्टी प्रबेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष महतोले समस्याको समाधान हुने प्रस्ताव दर्ता सरकारले दुई तीन दिनभित्र नगरे घनघोर आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

एमालेले संशोधन प्रस्तावको बिरोध गर्दै आएको बताउँदै उनले जनताको हितमा हुने संशोधन प्रस्ताव दर्ताको बिरोध गरे अगामी आन्दोलन एमालेकै बिरोधमा हुने चेतावनीसमेत दिए ।

उनले भने, ‘सरकारले संविधान संशोधनको प्रस्ताव ठिक ल्याए ठिकै छ, बेठिक ल्याएमा सरकार र सरकारले ल्याएको ठिक प्रस्तावमा पनि एमालले विरोध गरे प्रस्ताव दर्ता भएको भोलिदेखि नै एमाले विरुद्ध आन्दोलन सुरु हुन्छ ।’

महतोले संविधान संशोधनको प्रक्रिया अगाडि नबढे वा संशोधन प्रस्तावको विरोध भएमा कुनै पनि बेला आन्दोलनको घोषणा हुन सक्ने भएकोले आन्दोलनका लागि तयारी अवस्थामा रहन आफ्ना नेता कार्यकर्ता निर्देशन दिए ।

संविधान संशोधनको प्रस्ताव अघि नबढे वा प्रस्तावको विरोध भएमा तत्काल यसको लागि आन्दोलन गर्नुपर्ने हुन्छ उनले भने, ‘तपाईहरु तयारी अवस्थामा रहनुस जुनसुकै बेला आन्दोलनको घोषणा हुन सक्छ ।’

उनले संविधान संसोधन नभएसम्म सरकारले मधेशमा कुनै पनि निर्वाचन गर्न नसक्ने चेतावनी दिए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल सरकारको अवकास प्राप्त प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम, तराई मधेश राष्ट्रि«य अभियानका केन्द्रिय सदस्य प्रशान्त गुप्ता, राप्रपाका जोगिन्दर चौधरीलगायत करिब ५ सय कार्यकर्ता पार्टीमा प्रवेश गरेको सद्भावना पार्टीका रुपन्देही संयोजक एवम् कार्यक्रमका अध्यक्ष मनमोहन चौधरीले बताए ।

कार्यक्रमलाई सद्भावना पार्टीका उपाध्यक्ष ओम प्रकास पादव (गुल्जारी) तथा प्रेस मंचका केन्द्रिय संयोजक सन्तोष पटेललगायतले सम्बोधन गरेका थिए ।

sadbhawana-partysadbhawana_bhairahawa

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.