दिल निसानी मगर
वीरगन्ज जाने रात्रि बसमा काठमाडौंको थानकोट काटेपछि यस्तो गीत बजिरहेको थियो, ‘कमरिया करे लपालप ललिपप लागेलु’ ।
सम्भवतः बसभित्र यो गीतको भावार्थ नबुझ्ने केवल ममात्रै थिएँ । कहिलेकाहीँ केश काट्न सलुनतिर जाँदा भने यस्तै भाकाका गीतहरू सुनेको हुँ । यस्तो गीत बजाउने, सुन्ने कैयौं मानिसहरूलाई मैले सोधेको पनि छु, “तिमीहरूको घर कहाँ हो ?”
उनीहरू आफ्नो घर मोतीहारी, पथलैया, पर्सा बताउँथे ।
तर, मैले त्यो रात्रि बसका यात्रुहरूको घर कहाँ होला भनेर सोध्न सकिनँ, हिम्मतै गर्न सकिनँ । किनभने म स्वयं पथलैया, पर्सा हुँदै मोतीहारी घुम्न निस्किएको थिएँ ।
म पश्चिम नेपालमा रहेको घरतिर जाँदा ‘लालुपाते नुघ्यो भुइँतिर’ भन्ने गीत बज्छ । यो गीत बजेन भने पनि प्रायः सबैजसो गीतमा ‘आहै, लरिबरी, लै, आहै लरिबरी लै’ जस्ता ठेट लोकभाका बजेको सुनिन्छ । तर कसैले, कसैको घर सोध्दैन । किन सोध्दैनन् भने ‘लालुपाते’ जस्ता गीतहरू राष्ट्रको गहना भइसकेका छन् । यो पहाडको गीत हो ।
राष्ट्रको गहना हुन बाँकी गीत ‘ललिपप लागेलु…’ मधेसको गीत हो । वीरगन्ज जाने रात्रि बसभित्र बजेको मधेसका कणप्रिय गीतहरूमा स्वर भर्ने स्वरसम्राटले रेडियो नेपालबाट स्वर परीक्षा पास गरेनन् । अतिवादीहरूका लागि ‘बिहारको’ रात्रि बस थियो त्यो । गीतहरू सुन्दासुन्दै वीरगन्ज पुग्दा घामका किरणहरूले प्रकाश फिँजाउन थालेका थिए पृथ्वीमा । मेरो आँखाहरूमा पनि फरक चित्र कैद हुँदैथियो ।
‘टाकुरामा जन्में पखेरामा हुर्कें, म झुक्दै नझुक्ने नेपालको छोरो’ भन्दै वीरताको गाथा गाउँदै हुर्किएको एक पहाडिया म, यो समथर भूमि मधेस कुन मितिमा को–कोसँग झुक्यो होला भनेर गम खाएँ । एकाबिहानैको मुटु कमाउने जाडोमा पनि सडकको पेटीमा चिया उमालेर बसेकी थिइन्, एकजना बूढीआमा ।
उनका वरिपरि रिक्सा, बयलगाडाका चालकहरू, बसपार्कका भरियाहरू झुम्मिएका थिए चिया पिउन । म मनमनै मुस्कुराएँ । म पनि त्यही हुलमा मिसिएँ, अनि सुकेको बाँसको टुक्रामा बलिरहेको आगो ताप्न थालें र मागें एक कप मरिचवाला चिया । तिनले मलाई भारतीय गोर्खा फौजमा काम गर्ने गुरुङ केटा होला भन्ने ठानेकी रहिछन् ।
राँचीको बाटो भएर पल्टनमा हाजिर हुन जाने लाहुरेहरू वीरगन्ज, रक्सौलको सीमा नाका भएर पनि जाँदा रहेछन् । “कतिपय मित्रहरूले राँची जाऊ तिमी त भन्छन् तर मैले त्यस्तो सुझावको कडा प्रतिवाद तथा खण्डन गर्दै आएको छु,” मैले भनें, “खासमा म मधेस घुम्न आएको हुँ ।” आगो ताप्दै चिया पिउँदै गरेका करिब २२ जनामध्ये एकजनाले मैले बोलेको पहाडिया खस भाषा बुझ्यो र भन्यो, “घुम्नुस् दाजु हाम्रो मधेस तर मधेस पोखराजस्तो सुन्दर छैन ।”
उनले धेरै वर्ष पहिले पोखराको चिप्लेढुंगामा रहेको ‘बब्लु’ सलुनमा काम गरेका रहेछन् । खस भाषा, संगीत, साहित्य नबुझ्नेहरूलाई केरकार गरेको छु मैले । मानौं कि यसअघि म गुप्तचर विभागको कुशल कर्मचारी थिएँ । मेरो पश्चिमेली गीत नसुन्नेलाई, मैले बोलेको पहाडिया खस भाषा नबुझ्नेलाई शंकाको घेरामा राखेर सोधपुछ गर्नु भनेको राष्ट्रले सुम्पेको गहन जिम्मेवारी जस्तो थियो । तर, वीरगन्ज सडकको चिया पसलमा ती बहुमतमा थिए । अर्थात् मैथिली र भोजपुरी बहुमतमा थियो ।
तिनीहरू आफ्नै घर, गाउँठाउँ वरिपरि बसिरहेका थिए, जुन भूमिलाई हामीले नेपालको नक्साभित्रै देखेका छौं सयौं वर्षदेखि । कापीको पानामा नक्सा कोरेर स्कुलको भित्तामा टाँसेका छौं । र, तराईमा बाढी आउँदा पहाडले छेक्नुपर्छ पनि भनेका छौं । भाषा फरक भयो त के भयो, माटो एउटै छ हाम्रो ।
वेषभूषा फरक भयो त के भयो, जमिन एउटै हो हाम्रो । वास्तवमा हाम्रो राष्ट्रको जग, मधेस हो, खाँबो पहाड हो र छानो हिमाल हो । तर, सिंगो राष्ट्रको ठेक्कापट्टा लिने सिंहदरबारको भित्तामा नेपालको नक्सा छ कि माकाफुइँको उद्गार ?

रंगीन मधेस
शासकहरूले राष्ट्रियतालाई साँघुरो घेराभित्र कैद गरेका छन् । त्यहाँ न मधेसको मुहार देखिन्छ, न हिमालको मुस्कान भेटिन्छ । एउटै भाषा, एउटै वेषभूषा, एउटै धर्म, एउटै संस्कार ।
यस्तो सोचले कसरी राष्ट्रिय एकता हुन सक्छ ? यस्तो तर्क ग¥यो भने वर्षौंदेखि मिलेर बसेको समाज बिगार्ने भन्ने तर्क गरिन्छ । मिलेर बसेको कि सहेर बसेको हो ? त्यो त एउटा उत्पीडित समुदायलाई नै अवगत हुने कुरा हो । नेपालको जनसंख्याको धेरै प्रतिशत मानिसहरू मधेसमा बस्छन् ।
तराई, मधेस जेसुकै भने पनि त्यहाँको बसोबास नेपालको प्रतिनिधिमूलक बसाइ हो । पहाडबाट झरेर बसाइँ सरेका हुन्, त्यहीँका आदिवासी जनजाति हुन् वा छिमेकी देश भारतबाट बुहारी बनेर आएका अंगीकृत नै किन नहून्, तिनले अवश्य मधेसको प्रतिनिधित्व गर्छन् ।
तर, नेपालको मूलधारको गीतसंगीत हेर्नुस्, कला–साहित्य र नाटक हेर्नुस्, टेलिभिजन र चलचित्रको पर्दा हेर्नुस्, बजारमा चल्तीमा छन् भनिएका कैयौं पुस्तक अनि तिनका लेखकहरूको पहुँच हेर्नुस्– कहाँ छ मधेस ? कहाँ छ मधेसको आवाज ? कहाँ छ मधेसको मुटु ? कहाँ छ मधेसको आकृति ? कहाँ छ मधेसको कविता ? कहीँ पनि छैन । मधेसमा पनि छैन ।
मधेस पनि नेपालको भूमि हो भने धेरै जनसंख्या भएको मधेस किन मूलधार बन्न सकेन, यसको बहस कर्णाली नदीभन्दा लामो, सगरमाथाभन्दा अग्लो हुन सक्छ ।
केही सामाजशास्त्री, सामाजवादी चिन्तकहरू र कुनै राजनीतिक पूर्वाग्रहमा लागेर झोला नबोकेकाहरूले यसको व्याख्या गर्न सक्लान् । जनताको आन्दोलनलाई माखेसाङ्लोको उपमा दिने समूहको मधेसी नेता परेछ भनेचाहिँ त्यसले हाम्रो मैथिली गीत काठमाडांैमा हिट छ भन्छ । अरुले व्याख्या गर्नै सक्दैनन् । धेरै सके बन्द कोठामा ‘माकाफुइँ’ भन्दै गलललललल हाँस्ने हुन् ।
भाषाको पीडा
मधेसमा त्यहाँको आफ्नै संस्कृति छायाँमा पर्दै गएको छ । कारण के भने काठमाडांैका शासकहरूले मधेसको भूमिलाई आत्मसम्मान र राष्ट्रियताको अनुभूति दिन सकिरहेको छैन । मधेसलाई हरेक हिसाबमा भुत्ते नै पारिएको छ । आफ्नो घरमा आमासँग भोजपुरी, मैथिली भाषा बोल्नुपरेको छ । जन्मँदा आमाको मुखबाट जे भाषा सुन्यो, त्यही नै आफ्नो भाषा हो । थारु र चौधरीले नेपाली भाषा नबुझेर लोकसेवा आयोगमा फेल भएका हुन् ।
तर, पहाडिया खस शासकका बचेराहरू तर्क गर्छन्– माकाफुइँले टुप्पी कसेर पढ्न सकेनन् ।
म वीरगन्ज भन्सार कार्यालय पुग्दा त्यहाँका सम्पूर्ण कर्मचारीहरूको बैठक बसिरहेको थियो । हाकिमसँग मेरो पहिल्यैदेखि चिनाजानी भएकाले हात मिलाउन उनी बसेको सोफानजिकै पुगें । वरिपरि बसेका कर्मचारीहरूको गणना गर्दा अधिकांशको टाउकोमा ढाका टोपी देखियो । धोती कुर्ता लगाएका एकजना पनि देखिएनन् । एकजना अलिक कालो वर्णका मानिस थिए ।
मनमा लाग्यो– यी कार्यालय सहयोगी होलान् । मधेसका एफएम रेडियोहरूमा भोजपुरी, मैथिली भाषाको कार्यक्रम बजिरहेको थियो । अनुसन्धान नै गरूँ भनेर दिनभरि जस्तो एफएम रेडियोहरूका थुप्रै मेगाहर्ज बटारें । नेपाली खस भाषाको समाचार, गीत अथवा कार्यक्रम बजेनन् । बरु हिन्दी गीत बजे ।
खस भाषालाई हामीले राष्ट्रिय भाषाको रूपमा ग्रहण गरेका छौं र यो हो पनि । तर, नेपालको ठूलो जनसंख्यामा रहेको मधेस भूमि बाध्यताले नेपाली खस भाषा बोलेका छन् । हिन्दी भाषाको हस्तक्षेप रहरले भएको होइन । कि पहाडिया हाकिम र कर्मचारीहरूले मैथिली, भोजपुरी भाषा बोल्नुपर्यो वा त्यसो हुन नसके स्थानीय जनजाति, आदिवासीहरूले नेपाली बोल्न सक्नुपर्यो । बोल्न सक्ने कुरा मात्र ठूलो होइन, महसुस गर्ने कुरा पनि हो, भाषा । त्यसैले हिन्दी भाषाको हस्तक्षेप बढेर गयो ।
यसको समाधानका लागि स्कुलमा आफ्नो भाषा– जस्तो कि मैथिली, भोजपुरी ‘ऐच्छिक’ रूपमा पढाउन सकिन्छ । अहिले भाषिक अधिकारको कुरा उठाउनेलाई ‘माकाफुइँ’ भनेर आरोप लगाउने गरिएको छ । र, तिनले भनेझैं सरकारी कार्यालयमा ‘दोभाषे’ राखेर समस्याको समाधान हुन सक्दैन । हिमालीको पनि हुँदैन ।
भाषाको उत्थान र जगेर्र्ना गर्ने कुरा आमा र स्कुलबाटै हुन्छ । हाम्रो स्कुलको किताबमा बहुभाषिक देश भन्ने शब्द त छ तर पढाइ हुन्न । मलाई लाग्छ कि पहिचानको नाममा ‘भाषिक अधिकारको माग’ यिनै समस्याहरूलाई हल गर्नका लागि उठेका हुन् ।
मधेसका जान्नेबुझ्ने युवाहरूले उठाएको माग हो यो । तिनले नउठाए पनि यो त जोसुकैले भन्न सक्ने, महसुस गर्न सक्ने ‘फन्डामेन्टल’ कुरा जस्तो हो । तर, शासकहरूले विदेशी डलरको सहयोगमा पहिचानको मुद्दा उठेको हो भन्ने तर्क गर्छन्, देश विखण्डन हुन्छ पनि भन्छन् । वस्तुतः त्यो नश्लवादी सोच हो ।
माकाफुइँ राष्ट्रप्रेमी
संविधानमा नेपालको परिभाषा प्रष्ट छ । त्यसमा नेपाल बहुभाषिक देश हो भनिएको छ । भन्न त बहुजातीय, बहुधार्मिक पनि भनिएको छ । त्यतातिर नजाऊँ । तर, विदेशी भाषाको हस्तक्षेप रोक्न आफ्नो देशको कुनै खास भूगोलमा बस्ने समुदायको भाषालाई संरक्षण गर्नुपर्छ कि पर्दैन ? त्यो भनेको सरकारी स्कुलमा किन पढाइ नहुने ? भारतमै पनि सम्पूर्ण भारतीयले हिन्दी नै त बोल्दैनन् । राज्यले स्वीकारेका आ–आफ्नै भाषा छन् ।
अधिकारको आवाज उठाउँदा माकाफुइँ भन्नेहरूको एउटा तर्क छ– अंगीकृतले देश बिगारे । सत्ताको उपल्लो तहमा वंशजहरूकै हालिमुहाली छ अहिलेसम्म । यिनले नदीनाला भारतलाई बेचेर मधेसको उर्वर भूमिलाई सुक्खा बनाए र बाँध फुटेर जुनसुकै समयमा डुबान हुने त्रास पनि सिर्जना गरिदिए ।
भारतसँग विभिन्न समयमा असमान सन्धि–सम्झौताहरू हुँदै आएका छन् । इतिहासमा कसले के गर्यो, भुलौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि केही वर्षअघि नै बिप्पा सम्झौता गरेका हुन् । अरु निधन भइसकेका राष्ट्रघाती नेताहरूको नाम लिन चाहन्नँ । तर, यति कुरा सत्य हो– ती एकजना पनि मधेसी होइनन् ।
आफ्नै मधेसी नागरिकहरूलाई गाली गरेर भारतको पाउ मोल्नेहरूको नाम याद गर्नु पनि हुन्न । ७५ जिल्लामध्ये ६५ वटा जतिमा प्रमुख जिल्ला अधिकारी त पहाडिया खस ब्राह्मण नै छन् । भन्दा जातीय कुरा नगर, देश टुक्रिन्छ भन्छन् । तर थारू, मैथिल, तामाङ, शेर्पा, गुरुङ, मगर जुनसुकै बाहुल्यता भएको बस्तीमा यिनै छन् ।
मुलुक सम्पन्न भएको भए पनि ल ठिकै छ भनेर चित्त बुझ्थ्यो । देश कंगाल छ, भ्रष्टाचार हावी छ । स्वदेशगान गाउँदै राष्ट्रवादी बन्नचाहिँ अगाडि यिनै तम्सिनुपर्छ । मधेसी त सीमानाकामा लडेका छन् यार ! खानेपानीका लागि लडेका छन् । सीमा स्तम्भका लागि लडेका छन् । खेतमा सिँचाइ गर्ने पानीका लागि लडेका छन् । राणा शासन अन्त्यका लागि पनि लडेकै हुन् । पञ्चायती व्यवस्थाविरुद्ध लडेका हुन् । कांग्रेस हुर्काएको नै मधेसले हो ।
यस्तो तर्क गर्दा कतिपय मानिसहरू भन्छन्, “मधेसमा मेडिकल कलेज धेरै छन्, त्यसैले भाषिक अधिकार पाउनु हुँदैन ।” हाँसो लाग्छ । मधेसीले पहिचानको कुरा गर्दा माकाफुइँ रे ! मैले बयलगाडा चढेर नेपाल, भारतीय सीमानाका रक्सौल र त्यहाँबाट रेल चढेर बिहारसम्म पुग्ने प्रयास गरें ।
मलाई साथ दिएका थिए सप्तरीका स्थानीय युवा सञ्जीवले । उनले ५ वर्षदेखि वीरगन्ज बजारमा बयलगाडा चलाउँदै आएका रहेछन् । नेपाली खस भाषा अकमकाई अकमकाई बोल्दा रहेछन् । तर, उनी रहेछन् खाँटी नेपाली । आफ्नो सात पुस्ताकै सम्झना छ उनलाई । मधेस भूमिको इतिहासबारे जानकार छन् ।
तिनले भनेका थिए, “हाम्रा पुर्खाले विषालु सर्पसँग लडेर जंगल फडानी गर्दै मधेसलाई जन्म दिएका हुन् ।”
सीमावारि, सीमापारि
सीमावारि बयलगाडा, सीमापारि रेल । बिहारको जतिसुकै बदनाम गर्न खोजे पनि यातायातको सेवामा बिहार अगाडि नै थियो । नेपालबाट सागपात, फलफूल, चामल, लत्ताकपडा किन्न जाने सीमापारिको बजार ।
नेपालमा भन्दा सामान सस्तो पनि । बिहानै साइकलमा पुगेर सब्जी ल्याई चुलामा पकाउने सम्बन्ध हो बिहार र सीमा जोडिएको नेपाली भूमिको । रोटीबेटीको सम्बन्धका आधारहरू यिनै हुन् । कि नेपालको संविधानमा विवाहसम्बन्धी प्रावधान यस्तो बनोस्– ‘कुनै पनि नेपाली नागरिक (पुरुषले) विदेशी युवतीसँग विवाह गर्न पाउनेछैन् ।’
धेरै देशमा यस्तो कानुन छ । राष्ट्रियताको कुरा भन्दा पनि आदिवासीभन्दा बाहिरको वंशको नागरिक धेरै हुन्छन् कि भन्ने चिन्ता हो यो । राष्ट्रियता त उन्नति र विकासमा हुने कुरा हो ।
केवल भूमिमात्र राष्ट्रियताको मापदण्ड हुन सक्दैन । नेपालको मधेसी भूभागमा अंगीकृत जनसंख्या बढ्नुको कारण नेपाल धनी मुलुक भएर सीमानाका हुँदै भाग्दै पसेका होइनन् ती पैसा कमाउन । जस्तो कि मेक्सिकोबाट अमेरिका छिर्छन् । ती बाजा बजाउँदै बिहे गरेर आएका हुन् घरबार बसाउन । स्वाभाविक रूपमा ती भोलिका दिनमा नेपाली नागरिक हुन्छन् । अंगीकृत नागरिक हुनु भनेको केवल राज्यको मुख्य पदमा गइहाल्नु पनि होइन । यहाँ नश्लवादीबाहेक वंशजलाई त गाह्रो छ ।
अहिले आरक्षण कोटाले अलिक सुधार भएको छ । मुख्य त अंगीकृतको जनसंख्या बढ्नु हो । जनसंख्या बढ्नु भनेको आफूअनुकूलको नियम बसाल्न चुनाव जित्नु पनि हो । कि सिमानामा पर्खाल लगाएर विवाहको साइनो नै खारेज गरांै, कानुन निर्माण गरौं । मधेसी भूमिमात्र नेपालको तर त्यहाँ बस्ने मधेसी नागरिक अरु देशको भन्ने तर्क आजको युगमा सही हुन्न । सही छ भन्दा देश नै विखण्डित हुन सक्छ ।
सीमाबासीलाई बलियो बनाउनु भनेको सीमा स्तम्भ बलियो बनाउनु हो । सीमा स्तम्भहरू माकाफुइँहरू होइनन् ।
साभार : बाह्रखरी




True and excellent Article
This is the reality of madhesh…….those speak any negative thing abt madhesh and madheshi should read this
Ground reality, ..it’s really an core analysis…
True but reality is even more painful…..
Madhesh mai hepinxa madhesi kahile police bata kahile office ko hakim bata…pahad ko ta kurai chod deau.
Once i went to bank to withdraw money
I was standing in queue
after sm time one man came to bank i saw him moving here n there .He was asking for cheque …employ replied ‘ ek xin basnu’ he didn’t understood so he continued asking freuently…then what i heard made me cry
‘I heard word smthng like ‘ MAA SALA DHOTI’ from employe ..afnogau jilai mai
I was shocked .I asked him this is way how u talk with people..what the hell u think of madheshi? he remained silent bcz almost everyone there was angry so i just changed topic and warned him not to do these things again.
Aba gau ma baseko tyo kisan le nepali na bhujnu kisan kai galti ho? Employe le maithali na bhujnu madheshi kisan kai galti ho ta ?Ab afnai gau ghar ko office ma yesto apmanit hunu parxa…jhan pahad ko ta kurai chodnu
Kahile sama sahnu yo sab.
Great thinking …based on real facts.. madhesi are true nepali. They never want to live a life as indian..
धन्यवाद छ तपाईं लाई मधेस लाई यति नजिक बाट बुझ्नु भयेकोमा ।।। आश गर्छै कि अरु पनि हाम्रो यस्तै एक दिन बुझ्छन् ।
Perfect article
Sabai shaasak barga lai thaha x…..feri pani…..
man choyo bro hajur ko article lay………….
tapai ko naam jastai thulo dil 6
I could get the opportunity to stay in the Terai for a few years. I was proud of having the plain area like the Terai. and I am still proud of it. I know how Terai people have been suffering. I feel underestimated when I hear only vomiting words against such people who have been downtrodden and suppressed. A nation is the inclusion of all castes, creeds and religions. Let’s promote our friendship with these people.
Bitter True of Madhesh.