
हुलाकी न्यूज, जनकपुरधाम १० मंसिर । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय संयोजक डा.सीके राउत पक्राउ परेका छन् । रंगभेदी विरुद्धको दिवस मनाउने क्रममा जनकपुरधामबाट डा.राउतलाई नेपाल प्रहरीले पक्राउ गरेको हो ।
जनकपुरधामको शिब चौकमा आयोजित सभालाई सम्बोधन गर्न सुरु गरेपछि डा.राउतलाई कार्यक्रम स्थलबाट पक्राउ गरिएको हो ।
सभालाई सम्बोधन गरेको एक मिनट नपुग्दै डा.राउतलाई पक्राउ गरिएको स्थानीय पत्रकार सुरेश यादवले हुलाकी न्यूजलाई बताए ।
डा.राउतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
यसअघि बारह विगहाबाट निस्केको जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी करिब २६ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
कभर फाईल फोटो : कान्तिपुरबाट




अपन मधेस स्वतन्त्र मधेस अब दुर नै ।
YO NEPAL KO SASAK BARG KO KAM HO JUN KI AAFNAI GHARMA BOLN NADINE …… K YAHI NEPAL HO……? AHILE PANI MADHESHI HARUKO LAGI RANA KAL SAMPT VAYEKO 6AIN RA YO NEPAL HUN SAKDAIN JAHA MAN6E LAI AFANO BICHAR RAKHANE MAIKA SAMET DIDAIN YO TA KASAIKO TANA SAHI JSTO LAG6? KHAI SAMBRIDHI RA MANATA ? HAMRO ANEKTA EKTA YAHI HO ???????????????????/
अपन मधेश आ मधेशी के आगाडी बढाऊ । जय मधेश
kasai ko hak adhikar khosera koi thulo hudaina ra bhayeko pani xena.sabai ko ekchha anusarko sambidhan bannaunu parx ani matrai desh bikash ko mod linx.