rangabhedi_debas
हुलाकी न्यूज डेस्क, काठमाडौं १० मंसिर ।
नेपाल सरकारले मधेशीहरुलाई रंगको आधारमा विभेद गर्दैै आएको विरोधमा आज मधेशभरी रंगभेदी दिवस मनाईदैछ । अघिल्लो सार्क सम्मेलनको क्रममा मंसिर १० गते काठमाडौंबाट करिब चार सयभन्दाअधिक मधेशीहरुलाई रंगको आधारमा सरकारले पक्राउ गरिएको थियो ।

सोही दिनको सम्झनामा र रंगभेदको विरुद्ध आज मधेशका अधिकांश जिल्लामा प्रदर्शन हुँदैछ । केही जिल्लाहरुमा प्रदर्शन गर्न प्रहरीले रोक लगाएपछि झडपसमेत भएको छ । त्यस्तै विभिन्न जिल्लाबाट मधेशीहरुलाई पक्राउ गरिएको छ ।

कपिलबस्तुबाट स्वतन्त्र मधेश गठबन्धनका २१ जना कार्यकर्तासहित चार जना बटुवालाई पनि नेपाल प्रहरीले पक्राउ गरेको छ । त्यस्तै स्वतन्त्र मधेश गठबन्धन कपिलबस्तुका संयोजक हकिकुल्लाह खानलाई प्रहरीले विहानै पक्राउ गरेको छ ।

यता जनकपुरधाममा पनि प्रहरी र स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएको छ । जनकपुरधामबाट करिब २५ जना कार्यकर्तासहित केही सर्वसाधारण मधेशीहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलय धनुषामा लगिएको छ ।

त्यस्तै रौतहटबाट २० जनालाई पक्राउ गरिएको छ । त्यस्तै नवलपरासीबाट १३ जनालाई पक्राउ गरिएको छ । अन्य जिल्लाको विवरण आउन बाँकी रहेको छ ।

त्यस्तै, नेपालगंजबाट करिब ५० जना पक्राउ परेका छन् ।
फोटो : घनश्याम मिश्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.