Nepal's Prime Minister Khadga Prasad Sharma Oli, also known as KP Oli, observes a minute of silence for earthquake victims during an event organised to mark the 18th National Earthquake Safety Day and the official launch of earthquake reconstruction efforts in Bungamati village, Nepal January 16, 2016. REUTERS/Navesh Chitrakar

हुलाकी न्यूज, काठमाडौं ९ मंसिर । नेकपा एमालेले संविधान संशोधन अस्वीकार गरेपछि एमालेका मधेशी नेता तथा सांसदहरु पार्टीबाट विद्रोह गर्ने तयारी गर्दैछन् । संविधान संशोधनमा पार्टीले साथ नदिए मधेशमा राजनीतिक गर्न नसकिने निष्कर्ष निकाल्दै मधेशी नेताहरुले पार्टीबाट विद्रोहका लागि भेला गरेका छन् ।

बुधबार काठमाडौंमा उपलब्ध एमालेका मधेशी नेता तथा सांसदले भेला गरी पार्टी संशोधनमा सहभागी नभए विद्रोह गर्ने निष्कर्ष निकालेका छन् ।

छलफलपछि बुधबार नै पार्टी महासचिव ईश्वर पोखरेललाई भेटेर मधेशी जनताका जायज माग सम्बोधन गर्ने गरी संविधान संशोधनमा पार्टीलाई सहभागी हुन आग्रह गरे । पोखरेलाई नेताले संशोधनको विरोधमा एमालेले आन्दोलन गरे पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनीसमेत दिएका थिए । तर पोखरेलले मधेशी सांसद तथा नेताहरुलाई सबै कुरा राख्ने समय नै दिएनन् । संशोधनको विषयमा पैरवी नगर्न भन्दै पोखरेलले मधेशी सांसदहरुलाई हप्काएर पठाएका थिए ।

एमाले पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघन महतोले पार्टीलाई संशोधनमा सहभागी हुन दबाब दिइरहेको बताए । उनले मधेशी–आदिवासी जनजाति नेता तथा सांसदले पार्टी नेतृत्वलाई दबाब दिन विभिन्न कार्यक्रम गर्न लागेको जानकारी दिए । हुलाकी न्यूजसँग कुरा गर्दै उनले १३ र १४ मंसिरमा सर्लाहीमा प्रदेश नम्बर दुईको बैठक रहेको बताउँदै उक्त बैठकबाट आधिकारिक रूपमा निर्णय गरिने बताए । महतोकै नेतृत्वमा बुधबार पार्टी महासविचलाई भेटिएको थियो ।

महतोले संशोधन प्रस्ताव संसद्मा प्रस्ताव दर्ता भए आफूहरूले स्पष्ट अडान लिने बताए । पार्टीमा कुनै छलफल नभई स्थायी कमिटीले एकाएक संशोधनको विपक्षमा निर्णय गरेको उल्लेख गर्दै महतोले उक्त निर्णयको विरोध पार्टी भित्रैबाट भइरहेको बताए ।

अर्का नेता रघुवीर महासेठले संविधान संशोधनको विरोधमा एमालेले आन्दोलन गर्नु गलत भएको बताए । हुलाकी न्यूजसँग महासेठले भने, ‘संविधान संशोधनलाई समर्थन गर्ने वा नगर्ने विषय संसद्मा प्रस्ताव दर्ता भएपछिको हो । तर, अहिले नै संशोधनको विरोधमा एमालेले आन्दोलन गर्नु गलत हो ।’

उनले संशोधनको विरोधमा पार्टीले औपचारिक रूपमा आन्दोलन घोषणा नगरेको भन्दै संशोधन नै गर्न नदिने निर्णय गलत हुने बताए । स्रोतका अनुसार एमाले संविधान संशोधनको विपक्षमा रहे पनि पार्टीका मधेशी जनजाति नेता संशोधनको पक्षमा छन् ।

संशोधनको पक्षमा उभिन एमालेका मधेशी सांसदहरुले मोर्चाबन्दी गर्दैछन् । एमालेका मधेशी सांसदहरु सिरहाकी आशा यादव, सर्लाहीकी कमला देवी महतो, दुलारी देवी, पर्साका नागेन्द्र प्रसाद थारु, राजकुमार गुप्ता, जयप्रकाश थारु, र पर्साकै जुनैद अन्सारी, बाराका बलराम प्रसाद चौधरी, धनुषाका रामअवतार पासवान, महोत्तरीका दिपनारायण साह, सिरहाका रामचन्द्र यादव, पर्साका रामचन्द्र साह तेली, महोत्तरीका रामदयाल मण्डल, सप्तरीका सत्यनारायण मण्डललगायतकाले पार्टीको निर्णय विपरित संशोधनको पक्षमा जाने सहमति जनाएकी छन् । श्रोतका अनुसार सत्रुघन महतोसहितका नेताहरुले सांसदहरुको नेतृत्व गर्दैछन् ।

यता रंजु कुमारी झा, बंशीधर मिश्र, धनुषाका शितल झालगायतका केही सांसदहरु एमालेले गरेको निर्णयको पक्षमा देखिएका छन् ।

6 COMMENTS

  1. ########### NEPAL ############

    jun desh ka chor.daka.jyanmara.gunda.lutera haru mantri xan !

    jun desh ma sadharan janta lai jel halxan !

    jun desh ma deshdrohi haru lai neta bhanxan !

    jun desh ka 39% master haru school nai nagayera hajri banauxan ra talab bhatta haru khanxan !

    jun desh ka 98% neta haru murkh xan !

    jun desh ka 96% karamchari haru ghuskhor xan !

    jun desh ka 89% polish haru desh ra jantako bhalai ka lagi hoin.kunai byakti wa netaka lagi kam garxan !

    jun desh ka 77% polish haru ghushkhor xan !

    jun desh ko sambidhan jantako hak ma xain !

    jun desh ko kanun kunai byakti ra tyashko parti le chalau xan
    tyo desh ma sadharan janta le katiko dukh pauxa hola ra tyo desh ka janta le sarkar sanga ke sahyog pauxa hola tyo sabai yinai kura bat prast dekhin xa !
    mero hisable nepal ma desh ra janta ko hitka lagi kam garne manxe ahile samma dekha pareko xain !
    ####@@@Mr:-Vijay Raj Tiger@@@####

  2. ओलि को बोली के भन्छ भने मधेस बात जम्मा 12 सिट आको छ बरु यिनी झारपात हरु लाई पनि जान देउ पुरै पहाड त एमाले ले यो आउने चुनाव मा जित हासिल गरि हान्छ नि तथास्तु ओलि मान्ने वला छैन तपाईहरु मधेस र मधेसी को हितमा हुनु हुन्छ भने त्पाइहरु एमालेरित्याग गरेर मधेस मा आउनुस अनि मात्रै सचा मधेसी सबित हुनेछ

  3. मलाइ त बिश्वास लग्दैन एमाले क चुतिया मधेसी नेताले यस्तो साहसिक काम गर्च भनेर बरु उहीँ चकरी बजाउने गर्ने छन

  4. अहिलेको परिस्थितिमा एमालेका मधेसी सांसदहरू यस्तो निर्णय लिनु धेरै राम्रो हो । जुनपार्टिको कुनै ठोस निती नै छैन । जुनपार्टिमा सबैलाई कदर गर्ने प्रजान्त्रिक अबधारणा नै छैन त्यो पार्टिमा बस्नु बेकार हो । छिट्टै एमाले क्षेत्रिय पार्टिको रूपमा संकुचित हुदै छ ।

  5. देर हि सहि लेकिन पुरै अडान लेकर बैठ्ना नहि तुम लोग मधेसी के सन्तान नहि होगा। तुम लोग ओलीके औलाद कह लाऔ गे ।
    जय मधेस ।जय नेपाल

  6. aafu haru ko naam chalun pachi vote magan sajilo hos vane ra yasta kura garadai xa yemale ka madheshi sansad ji le. so alert madheshi morcha .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.