ramchandra-poudel
हुलाकी न्यूज, महोत्तरी ६ मंसिर ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिकताको विषयमा अनावश्यकरुपमा विवाद खडा गरिएको बताएका छन् ।

तराई–मधेश सम्वाद अभियान अन्तर्गत वरिष्ठ नेता पौडेल महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आएका थिए । सोही क्रममा उनले जिल्लाका नेता कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए ।

उनले अंगीकृत नागरिकताको सम्बन्धमा भइरहेको विवादबारे बोल्दै नेता पौडेलले जुन माग आएकै छैन त्यसको विषयमा विवाद खडा गर्नु कुनै जरुरी नरहेको प्रतिक्रिया दिए ।

उनले भने, ‘अंगीकृत नागरिकता लिनेहरुलाई माथिल्लो ठाउँमा राख्नुपर्ने वा नराख्नुपर्ने माग नै छैन भने विवाद के को ?’

कार्यकर्ता भेलामा नेपाली काँग्रेसका कोषाध्यक्ष तथा शान्ति तथा पूर्ननिर्माण मन्त्री सीतादेवी यादव, सांसदहरु किरण यादव, कल्याण गुरुङ, केन्द्रीय सदस्य शोभाकर पराजुली, रामचन्द्र तिवारीलगायतका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.