
हुलाकी न्यूज, कैलाली ६ मंसिर । कैलाली कारागारमा बन्दीको जीवन बिताइरहेका आन्दोलनकारीहरुलाई कम्बल वितरण गरिएको छ ।
सांसद डा. गोपाल दहित र थरुहट/थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाका अभियुक्तहरुलाई बलाङ्केट प्रदान गरेका छन् ।
टीकापुर घटनाको अभियोगमा कैदी जीवन बिताइरहेका लक्ष्मण थारु र राम प्रसाद चौधरीलाई संयुक्त रुपमा २५ थान कम्बल हस्तान्तरण गरिएको हो ।
थरुहट तराई पार्टीका केन्द्रीय कोषाध्यक्ष खडक चौधरी, केन्द्रीय सदस्यद्वय देवमान चौधरी, रामप्रसाद चौधरी, अधिवक्ताद्वय जोहारीलाल चौधरी, महादेव रत्गैया र थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुले कारागार पुगेर ब्लाङ्केट हस्तान्तरण गरेको समाचार थारुवान डटकममा प्रकाशित भएको छ । फोटो : थारुवान डटकमबाट



