rautahat1
हुलाकी न्यूज, रौतहट ६ मंसिर । रौतहट जिल्लाका विभिन्न माध्यमिक विद्यालयका शिक्षकहरुसँग सुशासनको बारेमा छलफल गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्य र क्रिएटिव ग्रुप अफ नेपालको आयोजनामा संचालित नेपालमा राष्ट्रिय सदाचार प्रवद्र्धन परियोजना अन्तर्गत सोमबार भएको छलफलमा विद्यालयस्तरमा सुशासनको प्रबद्र्धनको बारेमा अन्तरक्रिया गरिएको थियो ।

विद्यालयस्तरीय पाठयक्रममा राखिएको सुशासन विषय वस्तु र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको बारेमा छलफल गर्न आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा सुशासनको बारेमा गहन रुपमा छलफल गरिएको छ ।

कार्यक्रमा रौतहट जिल्लाका विभिन्न २० ओटा सामूदायिक माध्यमिक विद्यालयमा कार्यरत सामाजिक शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माध्यमिक विद्यालय मत्सरीका प्रधानाध्यापक प्रभास ठाकुरले यस कार्यक्रमले ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको बारेमा धेरै जानकारी भएको बताए ।

कार्यक्रमको क्रममा ट्रन्सपरेन्सी ईन्टरनेशनल नेपालको काम र प्रक्रियाको बारेमा कार्यक्रम अधिकृत धर्मेन्द्र साहले बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.