
हुलाकी न्यूज, वीरगन्ज ६ मंसिर । संघीय गठबन्धनका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारबाट मधेशी जनजातिको माग पूरा हुने सम्भावना नरहेको बताएका छन् ।
वीरगञ्जको पोखरियामा आइतबार आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले यो सरकार पनि मधेशको समस्या समाधान गर्न नसक्ने अवस्थामा देखिएकोले अब आन्दोलनको तयारीमा आफूहरु लागेको बताए ।
‘अब हुने आन्दोलन मधेसमा मात्र नभई हिमाल र पहाडमा पनि हुन्छ’– फोरम अध्यक्ष यादवले भने, ‘त्यो आन्दोलनले उत्पीडित समुदायको हक अधिकार संविधानमा सुनिश्चित गराउँछ ।’
सरकारले संघीय गठबन्धन र मधेसी मोर्चासंग सहमति नै नगरि एकलौटी ढंगले संविधान संशोधन प्रस्ताव संसद्मा पेश गर्न लागेको भन्दै अध्यक्ष यादवले सहमति बिनाको संशोधनको कुनै अर्थ नहुने र आफुहरुले त्यो नमान्ने बताए ।
सरकारलाई आफूहरुले १५ दिनको अल्टिमेटम दिएको तर त्यो अवधिमा सार्थक ढंगले संशोधन नभए विद्रोह हुने उनले चेतावनी दिए ।
अहिलेको सरकार मधेश लगायत देशका अन्य सबै समुदायको माग सम्बोधन गर्ने शर्तमा गठन भएको भन्दै अध्यक्ष यादवले मधेसको मुद्दा समेट्न नसकेको यो सविधानको कुनै औचित्य नरहेको बताए ।




Ye log hi gajdar he sanshd she madheshi jitna neta he wa sab rjnama de kar to yae methli me kahabt he ki moh dhaile chhi pachhari Mari chhi se bala neta hai yabhi ke madhesh me