
हुलाकी न्यूज, जनकपुरधाम ६ मसिर । विश्वमा अत्यन्तै कम संख्यामा पाइने किंग कोब्रा (राजगौमन) सिरहामा फेला परेको छ । गत सोमबार सिरहाको मिरचैया नगरापालिका ५ बाट किंग कोब्रालाई उद्धार गरि धनुषाको धनुषाधाम आरक्षित वनमा राखिएको छ ।
किंग कोब्रालाई मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डलले उद्धार गरेका हुन् । किंग कोब्राको लम्बाई ८ फिट पाँच ईन्च र ८ किलो तौल भएको उनले बताए ।
उनका अनुसार किंग कोब्रा अत्यन्तै विशालु एव खतरनाका सर्प हो । उनले हालसम्म पाँच सय विभिन्न प्रजातिका सर्पहरुलाई गाउँघरबाट उद्धार गरि चौरमा छाडिएको बताए ।
किंग कोब्रालाई धनुषाधाम आरक्षित वनमा सर्प गृह बनाई अवलोकनका लागि राखिने समेत उनको भनाई छ ।



