rautahat
हुलाकी न्यूज, रौतहट ६ मंसिर ।
रौतहट जिल्लाका स्थानीय राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले स्थानीय निकायबाट संचालन हुने विकास निर्माणका कार्यहरु पारदर्शी र नागरिक मैत्री हुनुपर्ने माग गरेको छ ।

ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहकार्य र क्रिएटिव ग्रुप अफ नेपालको आयोजनामा संचालित नेपालमा राष्ट्रिय सदाचार प्रवद्र्धन परियोजना अन्तर्गत आइतबार भएको राजनीतिक दल, नागरिक समाज र पत्रकारहरुको संयुक्त बैठकले त्यस्तो माग गरेको हो ।

बैठकले जिल्ला विकास समिति गौरलगायत जिल्लाभरि रहेका स्थानीय निकायहरुबाट संचालन हुने विकास योजनाहरुलाई टेन्डर प्रक्रिया मार्फत गराउन सम्बन्धित कार्यालयहरुलाई दबाब दिने निर्णय गरेको हो ।

बैठकले संसदिय बिकाश कोष र निर्वाचन क्षेत्र विशेष पूर्बाधार निर्माण कार्याक्रमबाट केंहिले कार्यकर्ता पाल्न खोजेको भन्दै उक्त योजनाहरुलाई समेत टेन्डर प्रक्रिया मार्फत खर्च गर्न मांग गरेकोछ ।

यस्तै बैठकले चालू आथिक बर्षमा संचालन हुने योजना स्थलहरुमा योजना सम्बन्धमा स्पष्ट बिबरण उल्लेख गरिएको होर्डिङ बोर्ड राख्न र सबै योजनाहरुको सर्वपक्षिय टोलीबाट अनुगमन गराउन मांग समेत गरेकोहो ।

बैठकमा नेताहरु अजय गुप्ता,रेवन्त झा,बाबुलाल साह, शेख जमशेद ,श्यामसुन्दर पटेल,जगन्नाथ प्रसाद केशरी, प्रकाश भाई,अरबिन्द यादब,ललन यादब लगायतहरुको उपस्थिती रहेकोथियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.