हुलाकी न्यूज, काठमाडौं ३ मंसिर । थरुहट/थारुवान संयुक्त संघर्ष समितिले मंसिर १० गतेदेखि ३० गतेसम्म २१ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
थरुहट/थारुवानका संयोजक धनीराम चौधरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभिन्न चरणका २१ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
थरुहट/थारुवानका संयोजक चौधरीलगायत अन्य थारुहरुमाथि राजनीतिक आग्रह–पूर्वाग्रह राखी झुठा मुद्दा लगाई भइरहेको कानूनी कारबाही अविलम्ब बन्द गरिनुपर्ने माग राखेको छ ।
थरुहट/थारुवानसँग संविधान संशोधनबारे कुनै छलफल, सम्वाद र सहमतिबिना गरिएको संशोधनबाट आफूहरुको माग सम्बोधन हुन नसक्ने दाबी थरुहट/थारुवानको छ ।


विज्ञप्ति थारुवान डटकमबाट साभार



