mahottari
रंजन भण्डारी, जलेश्वर ३ मंसिर ।
महोत्तरीमा बाल संरक्षणका मुद्दाहरु उपर सार्वजनिक सुनुवाई सुरु भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामुदायिक परिवार कल्यान संघले सो सुनुवाई कार्यक्रम थालनी गरेको हो ।

७ गाविस र ३ नगरपालिकामा हुने सो सार्वजनिक सुनुवाई कार्यक्रम हात्तिलेट, बर्दिवास र जलेश्वरमा क्रमश बुधबार, बिहीबार र शुक्रबार सम्पन्न भइसकेको छ भने आईतवार खयरमारा र सो पछि नियमित अन्य कार्यक्षेत्रमा समेत हुने संघका कार्यकारी निर्देशक मिथिलेश्वर साह बताउँछन् ।

जोखिममा परेका वाल वालिकाहरुलाई लक्षित गरि सेभ द चिल्ड्रेनले ल्याएको परियोजना अनुरुप आमा वुवा नभएको वा आमा वुवा मध्ये कुनै एक नभएको वा आमा वुवा भएको तर आर्थिक रुपले विद्यालय पठाउन असक्षम भएका परिवारहरुलाई ति वालवालिकालाई विद्यालय पठाउन दश हजार रकम वरावरको सामग्री वितरण गरेर सो सामग्रीको उपयोग गरि आर्थिकरुपमा सक्षम भएर विद्यालय पठाउन सहयोग होस भनेर सामग्री वितरण गर्दै आएको छ ।

जिल्लाको ७ गाविस र ३ नगरपालिकामा संचालित रहेको परियोजनाले जोखिममा परेका वालवालिकाहरुको वर्तमान अवस्था र थप कसरी त्यसता वाल वालिकाहरुलाई सहयोग गर्न सकिने तथा वाल वालिकाको संरक्षणका अन्य मुद्दाहरु उपर हात्तिलेट,बर्दिवास र जलेश्वरमा सार्वजनिक सुनुवाई मार्फत बुझ्ने प्रयास गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित भएका वालवालिका र अभिभावकहरुले वर्तमानमा सरोकारवाला निकायहरुले वालवालिकाको संरक्षणमा उदासिनता देखाएको, लागु औषधको चक्रमा वालवालिका फस्दै गएको,वालविवाहका घटनाहरु वेला वेलामा देखिने गरिएको र ३ वर्षिय वालिका समेत वलात्कृत हुनु परेकोमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए ।

सरोकारवाला निकायले समेत केहि कमि कमजोरी भएको स्विकार्दै त्यसलाई नियमित रुपमा सुधार गर्दै लग्ने र वाल वालिकाको संरक्षणका लागि अपनाउन सकिने सम्पुर्ण उपायहरु अवलम्वन गरिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

साथै गाउ समाजमा हुने गरेका वालवालिका सम्बन्धी जुनसुकै घटना वा कार्यक्रम सम्बन्धी उजुरीहरु परियोजनाले विभिन्न गाविसहरुमा प्रदान गरेको उजुरी पेटीका मार्फत सुचित गर्न समेत आग्रह गरिएको थियो ।

जोखिमा परेका १०० जना वालवालिकाहरुलाई सहयोग गर्ने लक्ष्य रहेकोमा हालसम्म ४८ वालवालिकाका परिवारलाई सहयोग गरिसकिएको सेभ द चिल्ड्रेनका महोत्तरी परियोजना संयोजक मकर वहादुर सार्कीको कथन छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.