
हुलाकी न्यूज, कैलाली २ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि मधेशकेन्द्रित दलहरुसँग वार्ता गरिसकेको र प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि सकारात्मक रहेको बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले अब छिट्टै संविधान संशोधन हुने दाबीसमेत गरेका छन् ।
उनले संविधान संशोधनका लागि प्रमुख प्रतिपक्षी नेकपा एमाले सकारात्मक देखिएको बताएका छन् । उनले अब छिट्टै संशोधन हुने र स्थानीय निकायको चुनाव पनि हुने दाबी गरे ।
उनले संविधान संविधान भएमात्र संविधान कार्यान्वयन हुनसक्ने ठोकुवा गर्दै पहिला संशोधन नै गर्नुपर्ने बताए ।



