sanjay_sah
हुलाकी न्यूज, जनकपुरधाम १ मंसिर । धनुषा क्षेत्र नम्बर चारका निर्वाचित साँसद संजय साहले सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्डमा बुधबार बयान दिएका छन् । जिल्ला अदालत धनुषामा बयानका क्रममा साहले आफ्नो बयानसँगै पोलिग्राफ टेष्ट पनि हुनु पर्ने माग गरेका छन् । प्रहरीले राजनीतिक दबाबका कारण निश्पक्ष अनुसन्धान गर्न नसकेको आरोप लगाउँदै साहले आधुनिक प्रविधिबाट आफुमाथि छानविन हुनु पर्ने बताएका छन् ।

साहले यसअघि भएको पोलिग्राफ टेष्ट पनि मुद्दाको मिसिलमा राख्न माग गरेका छन् ।

जनकपुर बंम काण्डका आरोपित साह पूर्पक्षका लागि काठमाडौंस्थित डिल्लीबजार कारागारमा बस्दै आएका छन् । बयानका लागि उनलाई बुधबार जिल्ला अदालत धनुषामा पेस गरिएको छ ।

बुधबार बयान भएपनि पुरा हुन नसकेको भन्दै विहीबार पनि साहको बयान हुने कानून व्यवसायीहरुले बताएका छन् ।

बयान पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै साहले आफु बंम काण्ड र सिंघानिया काण्डमा निर्दोश रहेको बताउँदै निश्पक्ष छानविनको माग गरे । उनले आधुनिक प्रविधिको प्रयोग गरेर आफुमाथि अनुसन्धान हुनु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.