
हुलाकी न्यूज, रौतहट १ मंसिर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
रौतहटको सदरमुकाम गौरमा मंगलवार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना छनोट गर्न गृह जिल्ला आएका नेता नेपालले मधेशवादी नेतामा मात्रै समस्या रहेको धारणा राखे ।
उनले संविधान संशोधनको सन्दर्भमा सबैलाई मिलाएर मात्रै संशोधनको प्रस्ताव अगाडि बढाउनुपर्ने बताउँदै यसो नगरिए देश विखण्डनतर्फ धकेलिने दाबीसमेत गरे ।
उनले मधेशवादी दलका नेताहरुतर्फ इंगित गर्दै भने, ‘केही व्यक्तिहरु आवश्यकताभन्दा बढी राजनीति गर्न खोजिरहेका छन् ।’




chor muji