banke2
हुलाकी न्यूज, बाँके ३० कार्तिक ।
हिरासतमा प्रहरीले दिएको शारिरीक तथा मानसिक यातनाविरुद्ध एक युवकले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन् ।

खजुराखुर्दाका एक युवकले मंगलबार अदालतमा मुद्दा दायर गराएका हुन् । खजुराखुर्दा १ का बिजुली प्रसाद महाउतले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

मुद्दामा इलाका प्रहरी कार्यालय खजुराखुर्दाका साई शरण भण्डारी र प्रहरी जवान अनिल कुमार बिकलाई विपक्षी बनाइएको छ । फिरादपत्रमा यातना क्षतिपूर्ति मुद्दामा यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्यांकन र विचार गरी यातनासम्वन्धि क्षतिपूर्ति ऐन २०५३ को दफा ३ बमोजिम एक लाख रुपैयाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति माग गरिएको छ ।

साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारवाहीको माग गरिएको छ । बिजुली महाउतको समान्य उपचार पश्चात अदालतमा मुद्दा दायर गरेका थिए ।

मोबाईल चोरीको अभियोगमा कार्तिक २६ गते पक्राउ परेका बिजुली महाउत र इन्द्रपुरका तिर्थराम चमारलाई हिरासतमा दिइएको यातनाका कारण हिप पुरै निलडाप परेको छ । उनीहरुको, छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ ।

मुद्दा दर्ता गर्न तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)ले कानूनी सहयोग उपलब्ध गराएको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खान र अधिवक्ता विश्वजीत तिवारी बाँके जिल्ला अदालत गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.