
हुलाकी न्यूज, वीरगन्ज ३० कार्तिक । वीरगन्जको इनर्वास्थित रजत चोक नजिकै एक जना महिलालाई प्रहरीको समुहले नियन्त्रणमा लिई लछारपछार गरी निर्घात कुटपिट गरेको दृष्य यतिखेर समाजिक संजालहरुमा भाइरल भइरहेको छ ।
बोलीमा मिठोपना देखाउने पर्साका प्रहरी उपरीक्षक पछल्लो समयमा सम्प्रदायिक मानसिक्ताले प्रेरित भई स्थानीय समुदाय बिरुद्ध परिचालन गरेको भन्न थालिएको छ ।
दृष्य भाइरल भएपछि जिल्ला प्रहरी कार्यालयले ति प्रहरीहरुलाई झिकाई छानबिन सुरु गरेको जनाएको छ । बद्नाम भएपछि नेपाल प्रहरीले घुमुवा परिचालन बन्द गरेपनि घुमुवा प्रकृतिकै काम गर्न ‘टाईगर टोली’ अपराध नियन्त्रणका लागि भनेर पर्सा प्रहरीले खटाएकोमा यस्ता घट्ना पटक पटक दोह्रिदैछ ।
टाइगरको दुई नम्बर टोलीले गत बुधवार रक्सोलबाट वीरगन्जतिर ४ जोर नयाँ जुता भन्सार नतिरी लिएर आउदै गर्दा महिला चन्दा कुमारीलाई नियन्त्रणमा लिएर लछारपछार गर्दै कुटेको थियो । छुटाउन खोज्ने स्थानीयलाई पनि ति प्रहरीले दुब्यवहार गरेको प्रत्यक्षदर्शीले बताए ।
सबै दृष्यलाई नजिकै घर भएका एक स्थानीय मानिसले मोबाईलबाट छायांकन गरेको तस्विर र भिडियो भाइरल भएपछि जनआक्रोश बढेको हो ।
प्रहरी हवल्दार शान्तमणी लम्साल, प्रहरी जवान रजनीश ठाकुर र प्रहरी चौकी ईनर्वाका एकजना प्रहरी जवानले घट्ना गरेको खुलेको छ ।
नेपाल प्रहरीले जनतासंग संगठनको सम्बन्ध सुमधुर पार्न ‘प्रहरी मेरो साँथी’ जस्ता अभियान चलाई रहेको बेला जनतासंगको दुब्यवहारको एक महिनाभित्र दर्जन बढी घट्ना भए पनि यो पछिल्लो घट्नाले भने चर्चा पाएको अवस्था छ ।
महिलासंग प्लास्टिकको झोलामा रहेको जुत्ता खोसीसकेपछिको अवस्थामा पनि प्रहरी जवान ठाकुरले महिलाको टाउकोमा हिर्काएको दृष्यले प्रत्यक्षदर्शी जुरमुरिएका थिए ।
‘माथीबाट खिचिएको दृष्यमा अलिकति बढी ज्यादती भएको जस्तो लागेको हो,’ पर्सा प्रहरीका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक चक्रराज जोसीले भने, ‘ति प्रहरीले गल्ती त गरेकै हुन्, जिल्लामा झिकाएर स्पष्टिकरण सोधिएको छ, प्रक्रिया पुरा गरेर नसिहत वा ग्रेड रोक्का जस्ता नियम अनुसार कारवाही हुन सक्छ ।’
प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले प्रहरीको छवी बिगर्ने घट्ना भएको गम्भीर किसिमकै बिभागीय कारवाही हुने बताए ।




Only this punishment for it?
यो समाचार बिमलेन्द्र निधी को ईमेलमा पठाउ अनी उहाँ संग सोध यो के गरदैछ ।
बुढापाकाहरुको उखान नै छ, स्वास्नीलाई मनको गोप्य कुरा नभन्नु, पर्खालमा बसेर खुट्टा नहल्लयाउनु र पुलिससंग दोस्ती विर्शेर पनि नगर्नु भनेर भन्छन नी ? कसरी पुलिसलाई मेरो साथी भनेर भन्ने, यही दृष्यको आधारमा ?