morcha-sadan
हुलाकी न्यूज, काठमाडौं, कार्तिक
। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आवद्ध दलका सांसदहरुले आज(सोमबार) पनि व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।

बैठक सुरु हुनेबित्तिकै सद्भावना पार्टीका संसदीय दलका नेता लक्ष्मणलाल कर्णले विशेष सयम लिई मधेशी, आदिवासी, जनजाति दलको मागअनुसार संविधान संशोधन नभएकोप्रति आपत्ति जनाए ।

सरकार गठनको समयमा नयाँ सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकामा गुनासो गर्दै उनले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए ।

कर्णले शान्तिपूर्ण तबरले आफूहरुले सदनमा उठाएको माग सम्बोधन गर्न र संविधानको सर्वस्वीकार्यता गराउन आग्रह गरे । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, रामसापा, तमसपा, नेसपालगायत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.