
हुलाकी न्यूज, काठमाडौं, कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाउँदैछ ।
प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयन र कांग्रेस माओवादी केन्द्रको प्रतिबद्धताबारे स्मरण गराउनका लागि सरकारलाई स्मरण पत्र बुझाउन लागेको मोर्चाका एक नेताले जानकारी दिएका छन् ।
हुलाकी न्यूजसँग कुराकानी गर्दै मोर्चाका नेता तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले तीनबुँदे सहमति कार्यान्वयनसम्बन्धी प्रधानमन्त्रीलाई स्मरण पत्र बुझाउन लागेको बताएका छन् ।
सोमबार बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बुझाइने स्मरण पत्रमा कार्तिक मसान्तभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभए मंसिर पहिलो सातादेखि आन्दोलनमा जाने अल्टिमेटमसमेत दिइनेछ ।




Thik chha aab hernu paro ke garchh mawbadi sarkar le madheshi ko barema dherai thulo thulo kura garchh.