prachanda-cabinet
हुलाकी न्यूज, काठमाडौं, कार्तिक ।
आज(आईतबार) दिउँसो चार बजे बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान संशोधनको प्रस्ताव बारे टुँगो लगाउने भएको छ ।

प्रतिपक्षि दल एमाले र सत्तारुढ काँग्रेसका शीर्ष नेतासँग शनिबार छलफल गरेर शनिबार साँझ नै मन्त्रिषरिद्को बैठक बस्ने भनिएको थियो । तर केही गृहकार्यमा कमी रहेको भन्दै आजका लागि मन्त्रिपरिषद् स्थगित गरिएको थियो ।

आज बस्ने मन्त्रिपरिषद्मा संशोधनका अन्तरवस्तुमाथि खाका तयार पारिनेछ ।

कानून मन्त्री अजय शंकर नायकले हुलाकी न्यूजसँग कुराकानी गर्दै आजको मन्त्रिपरिषद्मा संशोधन बारे टुँगो लाग्ने बताएका छन् । नायकले भने,‘आजको मन्त्रिपरिषद्मा संशोधनका विषयबस्तु बारे छलफल हुनेछ । आज नै टुँगो लाग्ने संभावना छ ।’

संशोधनको कुन विषयमा कस्तो खाका ल्याउन लागिएको भन्ने बारे मन्त्री नायकले खुलाउन चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.