morcha-sadan
हुलाकी न्यूज, काठमाडौं, कार्तिक ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबारबाट आन्दोलन सुरु गरेको छ । आन्दोलनको पहिलो चरणमा मोर्चाले शुक्रबार संसद बहिस्कार गरेको छ ।

विहीबार मोर्चासहित गठबन्धनको बैठकले मंसिर पहिलो सातादेखि आन्दोलनमा जाने निष्कर्ष निकालेको थियो ।

शुक्रबार विहान संसद सुरु हुनुअघि गठबन्धनमा आवद्ध दलका संसदहरुबीच ससद बहिस्कार गर्ने निर्णय भएको थियो । सोही अनुरुप शुक्रबारको संसद मोर्चाले बहिस्कार गरेको हो ।

संसद सुरु भएलगतै मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले कुरा राखेपछि संसद बहिस्कार भएको हो । राईले संविधान संशोधन प्रक्रिया अगाडि नबढेको भन्दै संसदमा रहिरहनुको औचित्य नरहेको भन्दै संसद बहिस्कार गर्ने निर्णय मोर्चाले गरेको जनाए ।

3 COMMENTS

  1. आदीवासी जनजाती मघेसी थरु मुसलीम अळप संडषाक जातीहरूको सविधान मा अधिकार को पहिचान सहित को अधिकार समशोधन गर कुरा मातरा होईन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.