हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । मधेशका जिल्लाहरुमा रहेका काँग्रेस–एमाले–एमाओवादी सभासद्हरुको घरमा आगजनी तथा तोडफोड सुरु भएको छ ।
सिरहामा क्षेत्र नम्बर तीनका नेपाली काँग्रेसका सभासद् सिता देवी यादवको घरमा आगजनी गरिएको छ । त्यस्तै पर्साको क्षेत्र नम्बर तीनका सभासद् राजकुमार गुप्ताको घरमा तोडफोड भएको छ ।
एमालेका सभासद् गुप्ताको घरमा प्रदर्शनकारीले दिउँसो तोडफोड गरेको हो । बीरगञ्जमा अन्य सभासद्हरुको घरमा तोडफोड गर्न लागिएको जानकारी आएको छ ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारीको निवासमा प्रदर्शनकारीहरुले तोडफोड गरेको छ ।
त्यस्तै अन्य जिल्लाहरुमा पनि गैरमधेशी पार्टीका सभासद्हरुको घरमा कालो झण्डा गाडिएको छ । यता हुलाकी न्यूजलाई प्राप्त जानकारीअनुसार संविधान जारी भएलगतै केही सभासद्हरुको घरमा तोडफोड हुनेछ ।



