
हुलाकी न्यूज, कार्तिक । विदेशमा रहेका मधेशीहरुले उत्साह पूर्वक छठ मनाएका छन् ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए)को आयोजनामा अमेरिका र कतारमा भएको छठमा मधेशीहरुको उलेख्य रुपमा सहभागिता रहेको थियो ।
एनआरएमएका कार्यबाहक अध्यक्ष बसन्त कुशवाहाका अनुसार अमेरिकामा एनआरएमएले मनाएको छठमा सयौंको संख्यामा मधेशीहरुको सहभागिता रहेको थियो । त्यस्तै कतारको दोहामा भएको छठमा पनि उल्लेखीय रुपमा मधेशीहरु सहभागी रहेका थिए ।
अमेरिकामा इन्द्रजीत यादव, अभिषेक झा र धीरज साहको अगुवाईमा छठ मनाइएको थियो ।

त्यस्तै दोहामा सुरेन्द्र नारायण यादवको नेतृत्वमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यबाहक अध्यक्ष कुशवाहाका अनुसार छठले मधेशका संस्कृतिलाई विश्वभरी जर्गेना गर्न तथा मधेशीहरुबीचको एकतालाई सुदृढ पार्न छठ आयोजना गरिएको थियो । जसअनुरुप कार्यक्रमहरु सफल भएकोमा कुशवाहाले खुशी व्यक्त गरे ।



