500-2000-new-note-620x400-1

हुलाकी न्यूज,  नयाँ दिल्ली, २३ कार्तिक ।  यदि तपाई भारतमा हुनुहुन्छ वा भारत जादैहुनुहुन्छ भने ५०० र १००० को भारतिय रुपैया नबोकन्नु होला, किनभने ती नोटहरु स्वीकार्य हुनेछैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  राष्ट्रको नाममा सम्बोधन गर्दै आज राति १२ बजेबाट  पाँच सय र एक हजारको नोटलाई पूर्णरुपमा प्रतिबन्धित गराउने निर्णय भएको जानकारी दिएका छन्। भ्रष्टाचार तथा जाली नोटको कारोबार बढेकोले यस्तो निर्णय लिइएको हो ।

मोदीले यसका लागि नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा भारतीय ५ सय र १ हजार दरका नोट बैंक वा हुलाक कार्यालयमा गएर साट्न जानकारी दिएका छन् । सर्वाधारणले मध्य राती १२ बजे देखि ५० दिन भित्र आफुसँग भएको भारु रकम ५ सय र १ हजार नोट साट्न समय तोकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.