
हुलाकी न्यूज, भैरहवा, २० कार्तिक । उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–८, रुपन्देहीको सातौं वार्षिक साधारणसभा शनिबार भैरहवामा सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले समाजमा छरिएर रहेको श्रम, सीप र पुंजीलाई सहकारीताको माध्यमबाट आर्थिक उन्नति गर्ने सहकारीको उद्देश्य रहेका बताए । उनले सहकारी संस्थाले शेयर सदस्यको भावना बुझेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने कुरामा जोड दिए ।
सहकारीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालको प्रमुख आतिथ्यता, नेपाल अडिटर्स एसोसिएशन रुपन्देहीका अध्यक्ष चन्द्रकान्त भट्टराई, सहकारीका कानूनी सल्लाहकार जगत रायमाझी, सल्लाहकार चोपलाल आचार्य, कमल नेपाल, सचिव दुर्गा प्रसाद मरासिनी, कोषाध्यक्ष लक्ष्मण भण्डारी, सदस्य तिलक पौडेल, लेखा समिति सदस्य राम चन्द्र रेग्मी, ऋण समिति सदस्य तुल्सीराम पराजुली शिक्षा उपसमिति सदस्य शंकर जोशी लगायतका आतिथ्यतामा साधारणसभा कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा उत्कृष्ट ऋणी, बचतकर्ता, २०७२ सालको एसएलसी परीक्षमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी र नयाँ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी सहकारीका व्यवस्थापक यादव प्रसाद आचार्यलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष अनिल कुमार ज्ञवालीले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक खिम बहादुर खत्रीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका ऋण समिति संयोजक नारायण प्रसाद भण्डारीको स्वागत मन्तव्य, उपाध्यक्ष सुरेन्द्र बस्यालको धन्यवाद ज्ञापन तथा सञ्चालक समिति सदस्य चिरञ्जीवि राउतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



