
हुलाकी न्यूज, विरगंज, १९ कार्तिक – हिन्दुहरुको महान पर्व छठको उपलक्ष्यमा घडीअर्वा स्पोर्ट्स क्लबको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक बर्ष छठ पूजाको अवसरमा हुने रक्तदान कार्यक्रममा यस बर्ष ४ महिला सहित १०५ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष लखनलाल गुप्ताले जानकारी दिए । रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस्, ‘भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष गुप्तले बताए ।’
घडीअर्वा पोखरी परिसरमा आयोजना भएको उक्त रक्तदान कार्यक्रमको अध्यक्ष्ता क्लबका अध्यक्ष लखनलाल गुप्ताले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि अधिवक्ता पन्नालाल गुप्ता रहनुभएको थिए । नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुल महममद मिया बिशिष्ठ अतिथितवमा सम्पन्न भएको उक्त कार्यक्रममा छठ पूजा व्यस्थापन समितिका अध्यक्ष बाल्मिकी साह, रक्त संचार केन्द्र पर्साका अध्यक्ष प्रविन मानन्धर समेतको उपस्तिथि रहेको थियो । त्यसैगरी बरिष्ठ उपाध्यक्ष हिरा साह कानु, मनोज साह कानु, सचिब मनोहर साह कानु, क्लबका पूर्ब अधयक्ष सुशिल गुप्ता लगायतको पनि उपातिथि रहेको कल्बका सदस्य निखिल बर्नवालले जानकारी दिए । कार्यक्रम सञ्चालन क्लबका सचिब प्रभाकर गुप्ताले गरेका थिए ।




