
हुलाकी न्यूज, काठमाडौं । भारतका प्रधानमन्त्री प्रणव मुखर्जीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुसँग विशेष भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
तीन दिनवसीय नेपालको राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका मुखर्जीले मधेशी मोर्चाका शीर्षस्थ नेताहरुसँग विशेष भेटघाट गर्नेछन् ।
मुखर्जीले मधेशी मोर्चाका आबद्ध पार्टीका अध्यक्षहरुसँग बिहीबार साँझ ८ बजे काठमाडौंस्थित हायात होटेलमा भेटघाट गर्ने स्रोतले जनाएको छ ।



