janakpur
हुलाकी न्यूज, जनकपुरधाम । तीनदिने नेपालको राजकीय भ्रमणका लागि आइपुगेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई विशेष स्वागत गरिने भएको छ ।

जनकपुरधामका विभिन्न राजनीतिक दल तथा संघसंस्थाहरुले मुखर्जीको स्वागतका लागि जनकपुर भव्यताका साथ सजाएका छन् ।

जनकपुरका विभिन्न ठाउँमा प्रवेश द्वार बनाइएको छ भने जसरी पनि यो भ्रमणलाई अत्यन्त सफल बनाउने युवाहरुले बताएका छन् ।

भारतीय राष्ट्रपति मुखर्जी १९ कार्तिक अर्थात शुक्रबार जनकपुरको भ्रमण गर्नेछन् । भ्रमणको क्रममा उनले जानकी मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको छ ।

साथै जनकपुरको तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.