pranav-mukherjee
हुलाकी न्यूज, काठमाडौं ।
तीनदिने राजकीय भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी बुधबार अपरान्ह काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा भारतीय राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आएका हुन् । करिब १८ वर्षपछि भारतीय राष्ट्रपतिले नेपालको भ्रमण गरेका हुन् ।

बुधबार भारतीय राष्ट्रपति मुखर्जीको आवागमनमा सार्वजनिक विदासमेत दिइएको थियो । उनको स्वागतमा ठाउँ–ठाउँमा स्वागतद्वारसमेत बनाइएको छ ।

तीनदिने नेपाल भ्रमणको क्रममा भारतीय राष्ट्रपति मुखर्जीले शीर्ष राजनीतिक दलका नेताहरुसँगसमेत भेटघाट गर्ने कार्यक्रम गर्नेछन् । साथै उनी पोखरा र जनकपुर पनि भ्रमण गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.