
हुलाकी न्यूज, काठमाडौं । भूमिगत सशस्त्र संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारीलाई भौजी कारबाही गर्ने चेतावनी दिएका छन् ।
क्रान्तिको तेस्रो केन्द्रीय समितिको बैठक पश्चात् एक विज्ञप्ति जारी गर्दै गोइतले एक भ्रष्टाचारी पहाडी होस् वा मधेशी हदैसम्मको कारबाही गर्ने चेतावनी दिएका हुन् ।
तराईमा नेपाली शासनको कारण भ्रष्टाचार अत्यन्त भयावह र कहालीलाग्दो रहेकोले भ्रष्टाचारले गर्दा तराई दिनप्रतिदिन अधोगतितिर लाग्दै गएको छ भने तराईका मूलनिवासिहरुको जीवन कष्टकर बन्दै गएको गोइतको निष्कर्ष छ ।
८ दिसम्वर, १८१६ तराई र तराईवासीहरुलाई ब्रिटिश ईष्ट इण्डिया कम्पनीद्वारा नेपालको गुलाम बनाउँने ‘दिन’ भएको भन्दै अगामी ८ दिसम्वर २०१६ को २००(दुई सय) वर्ष पुरा भएकोले जनतान्त्रिक तराई मुक्तिमोर्चा(क्रान्तिकारी)को तेश्रो केन्द्रीय समितिको बैठकले ८ दिसम्वर, २०१६ तदानुसार २३ मंसिर, २०७३ लाई ‘कालदिन’ घोषण गर्दै सो दिन ‘तराई बन्द’ गर्ने निर्णयसमेत गरेको जनाइएको छ ।



