siraha
हुलाकी न्यूज, सिरहा १३ कार्तिक ।
जानकी—विश्वनाथ स्मृति प्रतिष्ठान, सन्हैठा सिरहाले प्रत्येक वर्षझै यसपालि पनि आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रवृति प्रदान गरेको छ ।

कार्तिक ११ गते प्रदान गर्ने गरिएको छात्रवृति सन्हैठा माध्यमिक विद्यालयबाट प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याएका दुइटा छात्रालाई दिने चलन छ ।

यसपालि मनिषाकुमारी यादव तथा पुनिताकुमारी यादवलाई जनही पाँच हजार रुपैया कार्यक्रमका प्रमुख अतिथि सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पसका क्याम्पसप्रमुख रामहित यादव तथा विशिष्ठ अतिथि सोही क्याम्पसका अवकाश प्राप्त प्रो. चन्देश्वर गोइतले प्रदान गरेका छन् ।

सो अवसरमा प्रतिष्ठानका संरक्षक तथा नयाँ शक्ति पार्टीका नेता रामरिझन यादवले भोजभतेर र दाइजो प्रथामा गुम्सिएको मधेशी समाजलाई नयाँ युगतिर डो¥याउन आफूले मितव्ययिता अपनाउदा समाजबाट भोग्नु परेको प्रताडनाको मार्मिक कथा सुनाउदा सभा संवेदनशील बन्न पुगेको थियो ।

पाँच वर्ष पहिले बुया खस्दा उनले भोजभतेरमा फजूल खर्च नगरेर अढाई लाख रुपैयाको एउटा अक्षयकोष स्थापना गरे । यही कोषको व्याजबाट प्रत्येकवर्ष दुइजना छात्रालाई प्लस टू पढन जनही पाँच पाँचहजार रुपैयाको छात्रवृति दिदै आएका छन् । कार्यक्रमको सभापतित्व प्रतिष्ठानको अध्यक्ष सुरेशचन्द्र सुमनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.