हुलाकी न्यूज, बीरगञ्ज ३ आश्विन । बीरगञ्जमा प्रहरीको गोलीबाट आज पुनः एक प्रदर्शनकारी मारिएका छन् । त्यस्तै करिब एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्, जसमध्ये दुई जनालाई काठमाडौं रेफर गरिएको छ ।
माईस्थान चौक र घण्टाघर चौकको बीचमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा २९ वर्षीय शत्रुधन महतोको टाउकोमा प्रहरीले गोली हानेको थियो ।
प्रहरीको गोलीबाट घाइते महतोको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको छ ।
नयाँ संविधानको विरोधमा प्रदर्शन गर्न आज कर्फयू तोडिएको थियो । कर्फयू तोडिए पछि भएको झडपमा पूर्वमन्त्री करिमा बेगमसहितका नेताहरु घाइते भएका छन् ।




