Upendra-yadav
हुलाकी न्यूज, काठमाडौं १२ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डले पटक–पटक म्याद मात्रै थप्ने काम गरेको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका यादवले भने, ‘ प्रधानमन्त्रीले संविधान संशोधन गर्छु भनेर धेरैपटक मिति घोषणा गरेपनि अहिलेसम्म संशोधन प्रक्रिया नै अघि नबढाएकोले यसपटक भने छठ अन्तिम मिति होस् भन्ने कामना गर्छु ।’

उनले छठसम्म संविधान संशोधन नभए मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनीसमेत दिएका छन् ।

उनले अघि थपे,‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयमले नै संविधान संशोधनको लागि म्याद तोक्ने काम गर्नुभएको छ, हामीले तोकेका छैनौं, तर छठसम्म पनि उहाँले गर्नुभएन भने हामी गठबन्धनको बैठक बसेर यसबारेमा निर्णय गर्छौं ।’

यादवले भने,‘बकबक बोलेरमात्रै हुँदैन, उहाँले बोले बमोजिम छठ अब अन्तिम मिति होस्, यो राज्यले मौका नगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीन बुँदे सम्झौता गरेका थियौं ।’

उनले पछिल्लो समय संविधान संशोधन, महाअभियोगको प्रस्ताव, चुनाव लगायतका विषयहरु प्याकेजमै गर्नेबारे चर्चा भएको उल्लेख गर्दै यो प्रस्तावलाई मोर्चाले पहिल्यै नै अस्विकार गरिसकेको बताए । उनले भने,‘यो प्रस्ताव धेरै पूराना कुरा हो, यसलाई गठबन्धनले पहिले नै अस्विकार गरिसकेको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.