
हुलाकी न्यूज, राजविराज, कार्तिक । मधेशमा व्यवसायिक क्रिकेट प्रर्वद्धनका लागि सुरु भएको मधेश प्रिमियर लिग(एमपीएल) दोस्रो सिजनको उपाधि दोस्रो पटक पनि गणपति क्रिकेट टीम राजविराजले नै हात पारेको छ ।
विजेता टीमलाई एक लाख एक हजार राशीसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ(एनआरएमए) को मुख्य सहयोगमा मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट्स् युनियनले आयोगना गरेको एमपीएल दोस्रो सिजनको फाईनल खेल राजविराजमा सम्पन्न भएको छ ।
एमपीएलको दोस्रो सिजन जनकपुरधाम र राजविराज दुबै ठाउँमा गर्ने भनिएपनि धनुषाको स्थानीय प्रशासन र गृहमन्त्रालयको हस्तक्षेपले जनकपुरधाममा एपीएल गर्न रोक लगाइएको थियो ।
मधेशका विभिन्न जिल्लाका गरी १६ वटा टीम सहभागी रहेको एमपीएलका सम्पूर्ण खेलहरु राजविराजमा भएको छ । जसमा गणपति क्रिकेट टीम राजविराज पहिलो भएको छ भने आयोजक मेसु लंका टीम दोस्रो भएको छ ।
एमपीएलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न खेलहरुमा सहभागी भएका खेलाडीहरु सहभागी हुनुका साथै मधेशको ग्रामिण क्षेत्रका खेलाडीहरु पनि सहभागी थिए ।
एमपीएलको पहिलो सिजन पनि गणपति क्रिकेट टीमले नै जितेको थियो ।
एमपीएल दोस्रोको फाईनल खेलमा टस जितेर पहिले व्याटिंग गरेको मेसुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । मेसुका लागि बिधान गोस्वामी ३०, शेखर झा २६, राकेश कामैतले १७ रन बनाएका थिए ।
बलिंगतर्फ गणपतिका दीपेन्द्र ऐरी ३, विजय भारती र मेहबुब आलमले २÷२ विकेट लिएका थिए । १ सय २८ रनको लक्ष्य लिएर व्याटिंग गरेको गणपतिले १८ ओभर ३ बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । गणपतिका लागि अमल दास ४७, राजेश सिंह २१, मेहबुब आलम अविजित २० रन बनाए ।
बलिंगतर्फ मेसुका रबिन सिंह र बिटु कुमार २÷२ र दलजीत कुमारले एक विकेट लिए ।
खेलको म्यान अफ द म्याच अमल दास भए । म्यान अफ द सिरिज गणपतिका विजयी भारती, गणपतिकै अमल दास बेस्ट ब्याटस म्यान र गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर भए ।
प्रतियोगिताका विजेतालाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पुरस्कार प्रदान गरे । हुलाकी न्यूज मिडिया पार्टनर रहेको एमपीएललाई मधेशी अराउण्ड द वल्र्ड एशोसिएशनसहितका संस्थाले सहयोग गरेको छ ।



