
हुलाकी न्यूज, सिरहा १० कार्तिक । महिला बेचबिखनमा संलग्न रहेको भन्दै नेपाली काँग्रेसका एक जना नेता तथा कान्तिपुर दैनिकका सिरहा संवाददातालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहाको धनौजीबाट चार जना महिलालाई बिक्रीका लागि भारत लग्न खोजिएको आरोपमा नेपाली काँग्रेस क्षेत्र नम्बर ३ सिरहाका सभापति संजय प्रकाश यादव र कान्तिपुर दैनिकका सिरहा संवाददाता देवनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।
चार जना महिलालाई भेच्न खोजिएको सूचना प्रहरीले पाएपछि पछ्याउँदै जाँदा घटना स्थलबाट नेता यादव र संवादादता साह पक्राउ परेको सिरहाका एसपी श्याम ज्ञवालीले हुलाकी न्यूजलाई बताए ।
ज्ञवालीले भने,‘प्रहरीले पछ्याउँदै जादा यादव र साह पक्राउ परेका हुन् । अहिलेसम्म अनुसन्धानमा साहलाई नेता यादवले बोलाएको देखिएको छ । तसर्थ संवादादता साहलाई कागज गरी छोडिएको छ भने नेता यादव अहिलेसम्म प्रहरी नियन्त्रणमै रहेको छ ।’
एसी ज्ञवालीका अनुसार अबेर साँझ घटनामा संलग्न अर्का व्यक्ति पनि पक्राउ परेका छन् । प्रक्राउ परेका व्यक्तिलाई प्रहरीले ल्याउँदै गरेकोले विस्तृत जानकारी आउन बाँकी रहेको ज्ञवालीले बताए ।
ज्ञवालीले बेचविखनका बारे विस्तृत जानकारी आउन बाँकी रहेकोसमेत जानकारी दिए ।
बेचिन लागिएकी महिलाहरु उदयपुर गाईघाटको रहेकी छन् ।



