20161026_155632

हुलाकी न्यूज,  बाँके, १० कार्तिक । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायनस) को आयोजनामा कार्तिक १० गते बाँके जिल्ला अन्तरगत उपमहानगरपालिका नेपालगंजमा फरमान सैयद को संयोजकत्वमा बुधबार मानवअधिकार निगारनी समूह गठन गरिएको हो ।

समूहको सदस्य सचिवमा अकिल अहमद तथा सदस्यहरुमा क्रमशः इरसाद अहमद, सोहेल शेख, अफजल हल्वाई, अबरार शेख, सम्सुद्दीन शेख रहेका छन् ।

समूह गठन कार्यक्रमलाई सम्बोधन गर्दै थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले सरकारी कार्यालयबाट सम्पादन हुने क्रियाकलापलाई थप जवाफदेही तथा उत्तरदायी बनाउँन एवम स्थानीय समुदायलाई अधिकार र कर्तव्यका बारेमा सचेतना दिलाउँनका लागि निगरानी समूह गठन गरेको बताउँनु भयो ।

उहाँले मानव अधिकारका क्षेत्रमा गरिने सबै खालका गतिविधिमा निगरानी गर्ने र समूहलाई प्रभवकारी बनाउँन थर्ड एलायन्सले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।

थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख खानले निगरानी समूहको सेवा प्रदायक निकाय र सेवाग्राहीवीच समन्वय र सहकार्य गर्दै सहयोगीको भूमिका निर्वाह गर्नु रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.