तिवारी यादव, बारा ९ कार्तिक । चाडपर्वको मौका छोपी पर्साको ग्रामीण क्षेत्रबाट विभिन्न नाका हँदै नेपाल प्रहरी र शसस्त्र प्रहरीको मिलोमतोमा दिनहुँ खुल्लेआम रुपले तस्करी भैरहेको छ ।
गाम्रीण क्षेत्रको भिस्वा, ठोरी, जानकीटोेला, पाडेपुर, पिडारिगुठि, महादेवपटि,बुडगाइ, अम्मरपटि ,सवैठ्वा र धोरे लगायतको नाकाबाट तस्करहरुले नेपालबाट सुपारी र फेयरलभली, क्रिम तथा भारतबाट खानेतेल, चिनी, कपडा, भाडाकुडा र रजनिगन्धा लगायतका समानहरुको तस्करी भैरहेको देखिन्छ ।
यस्तै तस्करी भएका समानहरु पर्साको पिडारिगुठि हुँदै बाराको जितपुरसम्म पुगिरहेको देखिएको छ ।
पर्साको भिस्वा ,लङ्डी , पोखरिया सुवर्णपुरबाट चल्ने रात्रि बस तथा टाटा सुमोबाट प्रहरीकै संरक्षणमा राजधानी सम्म तस्करी गरि समानहरु पुर्याउने गरिएको छ ।
तस्करी गरे बापत नेपाल प्रहरी तथा शस्त्र प्रहरी का इन्चार्ज हरुले मासिक नजराना समेत असुल्ने गरेको स्वेम कारोबारिहरुले नै बताएका छ्न ।



