
हुलाकी न्यूज, वीरगंज ८ कार्तिक । बाटिका ग्रुप, ज्ञान बाटिका बोर्डिङ्ग इङ्ग्लिश उच्च माध्यमिक विद्यालय, बाटिका फर्मा र मंगलम डैगनोस्टिकको संयुक्त आयोजना आइतबार एक बृहत रक्तदान कार्यक्रम बीच ३ महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।
‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको बाटिका ग्रुपका प्रमुख कार्यकारी निर्देशक डा. अनुज यादवले बताए ।
वीरगंजस्थित ब्लड बैंकमा रगतको चरम आभावपछि सो कार्यक्रमको आयोजना गरिएको डा. यादवले बताए ।
कार्यक्रममा ज्ञान बाटिका बोर्डिङ्ग इङ्गिलश उच्च माध्यमिक विद्यालयका संथापक तथा बाटिका ग्रुपका अध्यक्ष हरिहर प्रसाद यादव, स्कुलका प्रधानाध्यापक डा. अन्जु यादव, स्कुलका संयोजक आशु सर्राफ, समाजसेवी अरविन्द सिंह र ब्लड बैंक वीरगंजका अध्यक्ष प्रविन मानन्धर उपस्थित थिए ।
सो कार्यक्रममा पत्रकार, डाक्टर, शिक्षक, विद्यार्थी तथा अन्य पेसाकर्मीले रक्तदान गरेका थिए ।



